वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका
![वात्सल्यका ब्राण्ड ऐम्बेस्डरमा प्रियंका, आयुष्मान र आयांका](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_ykbWBUu11u_72if70KAV1.jpg)
काठमाडौं : वात्सल्य नेचुरल आईभीएफले ब्राण्ड ऐम्बेस्डरमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ। नेपालमै आधुनिक प्रजनन चिकित्साको प्रवर्द्धन, विकास र प्रयोगमा टेवा पुर्याउँदै आएको वात्सल्यले संयुक्त रुपमा नियुक्त गरेको हो।
वात्सल्यको नारायणचौरस्थित क्लिनिकमै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता बमोजिम तीनै जना निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन्।
वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरका रूपमा तीनै जनालाई संयुक्त रुपमा लिन पाउँदा खुशी व्यक्त गरे। उनले निःसन्तान सम्बन्धी कुण्ठालाई उनीहरूमार्फत थप प्रभावकारी रूपमा जागरुकता फैलाउन सक्नेमा आफू आशावादी रहेको बताए।
अभिनेत्री कार्की आफ्नो खुला सोच र धारणा का कारण धेरै महिलाहरूका लागि अनुकरणीय बनेको र स्पष्ट वक्ता भएको कारण उनको प्रभाव नयाँ पुस्तामा गहिरो रहने तथ्य नकार्न सकिन्न साथै हालै मातृत्व र पितृत्व भूमिका निभाउँदै गरेका यस दम्पतीले सन्तान प्राप्तिको अनुभवलाई राम्ररी उजागर गर्न सक्नेमा पनि आफू विश्वसित रहेको सुवेदीले जनाएका छन्।
यस्तै बदलिँदो जीवनशैली र खानपानले गर्दा सन्तान प्राप्तिको चुनौती थपिँदै गएको अवस्थामा यससम्बन्धी सचेतना फैलाउने र सन्तान नहुनुमा आफू वा आफ्नो जीवनसाथीलाई दोषी ठहर्याउनु भन्दा उपचार गराउनु जाती हुन्छ भन्ने सकारात्मक सन्देश फैलाउने भूमिका पाउँदा आफूहरू उत्साहित रहेको अभिनेत्री प्रियंका कार्कीले जनाएकी छन्।
यस्तै आफ्नो परिवार पूर्ण बनाउन आधुनिक आईभीएफ उपचारको निर्णय जटिल रहेको तर खासमा बुझ्दै जाँदा यो प्रविधि लाभकारी नै रहेको आफूहरूले थाहा पाएको कारण यस सम्बन्धी आफूले बुझेको तथ्य प्रभावकारी रूपमा सबैमा राख्दै जाने अभिनेता आयुष्मान देशराजले बताए।
वात्सल्यले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टिलिटि फ्रिजिंग, प्रसूति पुर्वको सम्पूर्ण जाँच जस्ता प्रजनन सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)