भारतमा बिटेक पढिरहेकी एक नेपाली विद्यार्थी मृत फेला
काठमाडौं : भारतमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छन्। भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बिटेक अध्ययनरत प्रकृति लम्साल मृत भेटिएकी हुन्।
केआईआईटीका रजिष्ट्रारका अनुसार,प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको आशंका गरिएको छ।
उक्त संस्थानले विज्ञप्ति निकाली बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल मृत भेटिएको जानकारी गराएको छ। उनले आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
लम्साल मृत भेटिएपछि उनी अध्ययनरत कलेजमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका छन्। कलेज प्रशासनले लम्साल बसेको कोठा सिल गरेको छ भने उनको शव शवगृहमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !