पाल्पामा गोरु बोकेको ट्रकसहित तीनजना पक्राउ

पाल्पामा गोरु बोकेको ट्रकसहित तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : पाल्पा तिनाउ गाउँपालिका–२ स्थित बेलबास–दोभान कच्ची सडक खण्डहुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरुसहित तस्करलाई नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद लागि ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुशल रहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गोरुसँगै ट्रक, ट्रक चालक बझाङ थलारा गाउँपालिका–३ घर भई हाल कैलालीको बेबाणी गाउँपालिका–७ बस्ने २७ वर्षीय बिशालबहादुर धामी,कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय  राधेश्याम रैदास, सोही ठाउँका १९ वर्षीय सद्दाम हुसेनलाई नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भैरहवा पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.