मुगुका किसानलाई स्याउका बिरुवा लगाउन चटारो
मुगुः स्याउका नयाँ बिरुवा लगाउनका लागि खाडल खन्न र पुराना बिरुवालाई काँटछाँट गर्न यहाँका कृषकलाई चटारो छ। जिल्लाका छाँयानाथ रारा नगरपालिका,खत्याड र सोरु गाउँपालिकामा चालु आर्थिक वर्षमा ८३ हेक्टर जमिनमा नयाँ बिरुवा लगाइने छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मुगुमार्फत ६० हेक्टर र कृषि कार्यालयमार्फत २३ हेक्टर जमिनमा कृषकले बिरुवा लगाउन तथा काँटछाँटको काम सुरु गरेका परियोजना कार्यान्वयन इकाई मुगुका प्रमुख तेजबिक्रम मल्लले बताए।
इकाईले प्रत्येक किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण गर्नुका साथै प्रत्येक खाडलको १०५ देखि १२२ रुपैयाँसम्म र बिरुवामा मल हालेवापत ५० रुपैयाँ उपलब्ध गराउने भएको छ। कृषि कार्यालयले भने स्याउका बिरुवा निःशुल्क वितरण गर्ने छ।