सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा एमाले, आजबाट केन्द्रीय कमिटी बैठक बस्दै

सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा एमाले, आजबाट केन्द्रीय कमिटी बैठक बस्दै
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सरकारविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने तयारी गरेको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधीनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित एमालेले सडक आन्दोलनको तयारीमा जुटेको हो।

एमालेको पछिल्लो समय केन्द्रदेखि जिल्लासम्मका संगठन चलायमान भएका छन्। मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित गरिएको अभियानका चलाएको एमालेले प्रदेश अधिवेशन सकिएलगत्तै जिल्ला अधिवेशन पनि धमाधम गरिरहेको छ।

महासचिव शंकर पोखरेलका अनुसार आजबाट बिहीबारसम्म केन्द्रीय कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे बैठक बस्ने तय भएको हो। केन्द्रीय कमिटी बैठकका जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा प्रमुख एजेन्डा तय गरेको महासचिव पोखरेलले जानकारी दिए। 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसायिक परिस्थितिबारे विश्लेषण गर्ने र त्यसमा सरकारको काम कारबाही, पार्टीले तत्काल गर्नुपर्ने कामबारे निर्देशन दिने बताइएको छ। गठबन्धन सरकारको कारण राष्ट्रिय हित, जनसरोकार र सुशासनका विषयमा प्रश्नमा गम्भीर बिचलन आएको एमालेको दाबी छ। 

बिहीबार बसेको सचिवालय बैठकले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेपछि एमालेको भातृसंगठन अनेरास्ववियूले समेत चरणबद्ध आन्दोलन गर्ने घोषणा घोषणा गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.