सुविधा सम्पन्न कक्षा कोठा भवन बनेपछि खुसीयाली

सुविधा सम्पन्न कक्षा कोठा भवन बनेपछि खुसीयाली
सुन्नुहोस्

बेनी : म्याग्दीको मालिका गाउँपालिका-५, मगरदाङमा रहेको गौ बोम बस्त माध्यमिक विद्यालयको भवन निर्माण भएको छ। 

ग्रामिण क्षेत्रको विद्यालयमा सुविधा सम्पन्न भवन निर्माण भएको खुसीयालीमा विद्यार्थी, शिक्षक र अभिभावकले नाचगान गरेका छन्। पाहार ट्रष्ट नेपाल, मालिका गाउँपालिका र समुदायको लागत साझेदारीमा दुई तले आठ कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी क्षमता भएको भवन निर्माण भएको हो। 

नवनिर्मित भवनको मंगलबार मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र पाहार ट्रष्टका अध्यक्ष हवार्ड ग्रीनले संयुक्तरूपमा उद्घाटन गरेका विद्यालयका प्रअ अमृत बुढाथोकीले जानकारी दिए। 

‘सुविधासम्पन्न नयाँ भवन निर्माण भएपछि साघुरो, जिर्ण भवन र खुल्ला चौरमा पठनपाठन गराउनुपर्ने समस्या हटेको छ,’ उनले भने ‘व्यवस्थित पूर्वाधारले बालबालिकाको सिकाई उपलब्धी बढ्ने र विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने अपेक्षा गरेका छौं।’

वि.स. २०७९ फागुन महिनादेखि भवन निर्माण सुरु भएको थियो। भवन निर्माणमा पाहार ट्रष्टको त्रिपन्न लाख दश हजार ४५८, गाउँपालिकाको बयालीस लाख अरचालिस हजार ३६७ आर्थिक सहयोग र स्थानीयबासीको दश लाख बैसठ्ठी हजार एकानन्बे रुपैयाँ बराबरको श्रमदान रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमति बुढाले बताइन्। 

कक्षा दशसम्म पढाइ हुने विद्यालयमा २५० जना विद्यार्थी छन्। पाहार ट्रष्टको सहयोगमा यसअघि सो विद्यालयमा दुई कोठे पुस्तकालय भवन निर्माण भइसकेको छ। यसअघि तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणको सहयोगमा चार कोठे भवन निर्माण भएको विद्यालयमा थप दुई कोठे भवन आवश्यक रहेको प्रअ बुढाथोकीले बताए। 

नेपालका २७ जिल्लाको दुर्गम बस्तिहरुमा हालसम्म तीन सय भन्दा बढी विद्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण गरेको पाहार ट्रष्टले नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङले बताए। मालिका-५ देविस्थानका बेलायती गोर्खा सैनिकका सेवा निवृत्त क्याप्टेन जितबहादुर घर्तिको समन्वयमा यसअघि मालिकाको पन्थोक स्थित भिम मावि र वडा नम्बर ६ दरवाङको जनप्रिय माविमा पनि आठ-आठ कोठे भवन निर्माण भएको थियो। 

अन्नपूर्ण गाउँपालिका-३ दानाको ज्ञानप्रकाश माविमा पनि सुविधा सम्पन्न भवन निर्माण गरेको पाहार ट्रष्टको सहयोगमा मंगला गाउँपालिका-२ हिदीको सिद्धशान्ति माविको भवन निर्माणाधिन छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.