सुशील गर्बुजा हत्या मुद्दाका १३ आरोपी थुनामा

सुशील गर्बुजा हत्या मुद्दाका १३ आरोपी थुनामा
सुन्नुहोस्

बेनी : म्याग्दी जिल्ला अदालतले एक महिनाअघि बेनी बजारमा भएको सुशील गर्बुजा हत्या मुद्दाका १३ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। 

रघुगंगा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय गर्बुजाको गत माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो। प्रहरीले अदालतमा उपस्थित गराएका १३ जनालाई थुनछेक बहस पछि थुनामा पठाउन आदेश दिइएको म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए।  

‘१७ जना आरोपी मध्य १३ जनाको मंगलबार र बुधबार थुनछेक बहस गरि बिहिबार आदेश भएको हो,’ उनले भने ‘पुर्पक्षका लागि ८ जना बयस्कलाई कारागार र ५ जना नावालकलाई सुधार गृह पठाउन आदेश भएको छ।’ जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डितको इजलासबाट उनिहरुलाई थुनामा पठाउने आदेश भएको हो। 

धवलागिरी गाउँपालिका–४ का २२ वर्षीय शंकर घर्ति, २१ वर्षीय अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ चिमखोलाका १९ वर्षीय उत्सव पुन, वडा नम्बर-२ का १८ वर्षीय सञ्जय खत्री,  मंगला गाउँपालिका-२ का प्रविन जिसी, बेनी नगरपालिका–५ का २४ वर्षीय सफल खत्री, ९ का १८ वर्षीय सविन राई र जलजला गाउँपालिका–३ पर्वतका १८ वर्षीय शोहन बरुवाल अदालतको आदेशपछि थुनाका लागि कारागार चलान भएका छन्।

सुधार गृह पठाइएकामा परिवर्तीत नाम ४३ (ब), ४३ (त), ४३ (फ), ४३ (भ), ४३ (ड) रहेका छन्। १८ वर्ष भन्दा कम उमेर भएकाले नाम सार्वजनिक नगरिएका उनिहरुलाई सुधार गृहमा पठाउन आदेश गरिएको श्रेष्तेदार रेग्मीले बताए। ४३(ध) र ४३ (ह) परिवर्तित नाम गरेका नावालक आरोपी फरार छन्। बयस्कहरू मध्य मनिष तिलिजा र एम भनिने गगनबहादुर गर्बुजा फरार रहेका श्रेष्तेदार रेग्मीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.