वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि

वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकामा दादुरा–रुबेला खोप अभियान फागुन १३ गतेदेखि सुरु हुने भएको छ। शुक्रबार वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो। 

महानगरको सभाकक्षमा महानगरका ३२ वटै वडाका वडाध्यक्षहरुसँगको अभिमुखीकरण कार्यक्रममा महानगरका स्वास्थ्य महाशाखाका प्रमुख अनिल यादवले वीरगन्ज महानगरमा दादुरा–रुबेला खोप अभियान सुरु गर्न लागिएको जानकारी गराए। 

यादवका अनुसार महानगरमा फागुन १३ गतेदेखि सुरु हुने उक्त अभियान अन्तर्गत पहिलो दिन वीरगन्ज महानगरपालिका वडा नम्बर ३ विर्तास्थित त्रिजुद्ध माविको परिसरमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाएर अभियानको शुभारम्भ गरिनेछ। त्यसपछि दोस्रो चरणमा फागुन २७ देखि चैत ५ गतेसम्म महानगरका बाँकी ३१ वटा वडामा दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने यादवले जानकारी गराए। 

यो अभियानमा महानगरका ७४ हजार चार सय जना बालिबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको महाशाखाका सह–संयोजक अनिशकान्त कुशवाहाले जानकारी गराए। उनका अनुसार दादुरा–रुबेला खोप अभियान अन्तर्गत महानगरका स्वास्थ्य संस्था, शिक्षण संस्था लगायतका स्थानमा गरी दुई सय ९८ खोप केन्द्र स्थापना गरिनेछ। एउटा खोप केन्द्रमा न्यूनतम् दुई सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारीपनि उनले गराए। 

शुक्रबार वडाध्यक्षहरुसँगको अभिमूखीकरण कार्यक्रममा कुशवाहले यो अभियानलाई सफल पार्न वडाध्यक्षहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सहयोगका लागि आग्रह गरे। ठाकुरका अनुसार, दुई चरणको अभियानमा पर्सा जिल्लाभरिमा दुई लाख एक हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.