ल्हारक्याल लामा राम्रो मान्छे हुन् : मन्त्री  किराती

ल्हारक्याल लामा राम्रो मान्छे हुन् : मन्त्री  किराती
सुन्नुहोस्

धरान : पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका अध्यक्ष ल्हारक्याल लामा राम्रो मान्छे भएको बताएका छन्। उनले अदालतले आरोपित नभनुन्जेलसम्म उनलाई विवादास्पद व्यक्ति भन्न नमिल्ने उनले बताए।

 
धरान एक्स्पो २०८० को उद्‍घाटन गर्न शुक्रबार धरान आएका मन्त्री किरातीले सञ्चारकर्मीसँग कुराकानी गर्दै ल्हारक्याल लामा राम्रो मान्छे भएको बताएका हुन्। 

उनले सबै भ्रष्टाचारीलाई कारबाही नभएसम्म देशको प्रगति नहुने भन्दै सरकार सुशासन कायम गर्न प्रतिबद्ध भएको बताए। उनले सुशासन कायम गर्न सबै प्रकारका भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही गरी कमजोर बनेको अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताए।
 
सुशासनको कुरा गरिरहेका मन्त्री किरातीलाई पत्रकारले लुम्बिनी विकास कोषमा ल्हारक्याल लामाजस्ता विवादित व्यक्तिलाई नियुक्ति गरेको भन्दै प्रश्न सोधेका थिए। मन्त्री किरातीले कसैले आरोप लगाउँदैमा ल्हारक्याललाई फटाहा र विवादास्पद भन्न नमिल्ने बताए।
 
उनले हालको निर्वाचन प्रणालीका कारण वर्तमान गठबन्धनले पूर्ण कार्यकाल सरकार सञ्चालन गर्ने र २०७४ को निर्वाचनमा समेत तालमेल गर्ने बताए। उनले निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउने अवस्था नभएकाले वर्तमान गठबन्धन कायम रहने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.