सामसङले अघिल्लो फोन मोडलहरूमा 'ग्यालेक्सी एआइ' उपलब्ध गराउने
![सामसङले अघिल्लो फोन मोडलहरूमा 'ग्यालेक्सी एआइ' उपलब्ध गराउने](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_SdiVbCwyvP_lSv7LTgmFB.jpg)
काठमाडौं : सामसङले अघिल्लो फोन मोडलहरूमा 'ग्यालेक्सी एआइ' उपलब्ध गराउने भएको छ। अझ धेरै ग्यालेक्सी डिभाइसहरूमा मोबाइल एआइको विश्वव्यापी विस्तार लाई गति दिनका लागि नयाँ वान युआइ अपडेट ग्यालेक्सी एआइ ल्याएको हो।
सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरूमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाइएको छ।
हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अनडिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरूको मोबाइल एआई अनुभवको स्तरलाई कम्पनीले दावी गरेको छ।
“ग्यालेक्सी एआइसँग हाम्रो लक्ष्य मोबाइल एआइको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरूलाई सशक्त बनाउनु पनि हो।” सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टिएम र्होले भने “यो ग्यालेक्सी एआइको सुरुवात मात्र हो। हाम्रो योजना सन् २०२४ भित्र १० करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असीमित सम्भावनाहरूको उपयोगका लागि नवीन उपायहरूको खोजी जारी राख्ने रहेको छ।”
व्यवधानहरू रहित सञ्चार सेवा
एआई सञ्चालित मोडलहरूमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरूको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरूले लिन सक्नेछन्। यी विशेषताहरूमा मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषामा मेसेजहरू ट्रान्सलेट गर्ने सुविधा समेत संलग्न छन्।
ग्यालेक्सी प्रयोगकर्ताहरूले लाइभ ट्रान्सलेट मार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्। जसले फोन कलहरूका लागि आवाज र टेक्स्ट अनुवादहरू उपलब्ध गराउनेछ। इन्टरप्रिटरको साथमा प्रयोगकर्ताहरू आफ्नो यात्राको दौरानमा स्थानीयहरूसँग तत्काल कुराकानी गर्न सक्षम हुनेछन् किनकी स्प्लिट स्क्रिन विशेषताले प्रत्यक्ष कुराकानीका लागि टेक्स्टहरू अनुवाद गरेर देखाउने कम्पनीले बताएको छ।
अतुलनीय उत्पादकत्व
ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआइको व्यापक एकीकरणले एआई समर्थित मोडलहरूमा प्रयोगकर्ताहरूलाई निर्वाध रुपमा दैनिक कार्य गर्न सक्षम बनाउँदै दक्षताको नयाँ स्तरहरू संचालन गराउँछ। सर्कल टु सर्च वीथ गुगल मार्फत् खोज प्रणालीहरूको सुधार गरिएको हुँदा सजिलै आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज परिणामहरू पाउन सकिनेछ।
नोट एसिस्ट जस्ता विशेषताले प्रयोगकर्ताहरूलाई फम्र्याटहरू सिर्जना गर्न, सारांशहरू रचना गर्न र टिप्पणीहरू अनुहवाद गर्न मद्दत गर्दछ भने ब्राउजिङ एसिस्टले समाचार सामग्रीहरूको समग्र सारांशहरू एकै क्षणमा तयार गर्दछ। ट्रान्सक्रिप्ट एसिस्टले मिटिङहरूको रेकर्डिङ गरी सजिलै सारांशहरू तथा अनुवादहरू तयार पार्न सक्छ।
ग्यालेक्सी एआइको साथमा सामसङले व्यक्तिको सिर्जनशील सम्भाव्यतालाई उजागर गर्न आफ्नो भूमिकालाई दोब्बर बनाएको छ। ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरूको सेट उपलब्ध गराएको छ। जसले फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ। जेनेरेटिभ इडिट मार्फत् एआई समर्थित उपकरणहरूले फोटोहरूलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन्।
यस्तै प्रयोगकर्ताहरूले इडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन्। इन्स्ट्यान्ट स्लो–मो ले चलायमान फलहरू क्याप्चर गर्न सुस्त गतिको भिडियोहरूका लागि अतिरिक्त फ्रेमहरू तयार गर्ने हुनाले धेरै सटहरू बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ।
सिर्जनशीलता र व्यक्तित्वकरण त्यत्तिमै रोकिदैन, ग्यालेक्सी उपकरणहरूलाई अनुकूलन गर्न एआई निर्मित वालपेपरहरू मार्फत पहिलेभन्दा झन् सजिलो भएको छ। एआई समर्थित उपकरणहरूले प्रयोगकर्ताहरूको सिर्जनशीलतालाई सक्षम बनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)