गाजामा २९ हजार ६ सय प्यालेस्टिनीको मृत्यु, १३२ पत्रकार मारिए

गाजामा २९ हजार ६ सय प्यालेस्टिनीको मृत्यु, १३२ पत्रकार मारिए
फाइल तस्बिर।
सुन्नुहोस्

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २९ हजार ६०६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। 

गत २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ९२ जना प्यालेस्टाइनीहरूको निधन भएको छ भने १२३ जना घाइते भएका छन् । पछिल्लो  गाजा युद्ध  सुरु भएदेखि हालसम्म मृत्यु हुनेको सङ्ख्या २९ हजार ६०६  पुगेको छ भने ६९ हजार ७३७ घाइते भएका छन्।

गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले जनाए अनुसार अक्टोबर ७ यता इजरायली सेनाको आक्रमणबाट १३२ प्यालेस्टाइनी पत्रकार मारिएको जनाएको छ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले शुक्रबार यसका टोलीले दक्षिणी गाजा पट्टीमा रहेको खान युनिस शहरको नासेर मेडिकल अस्पतालबाट १८ जना घाइतेहरूलाई बाहिर निकालेको उल्लेख गरेको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामा भएको हमासको आक्रमणको बदलास्वरूप प्यालेस्टानी विरुद्ध कडा आक्रमण जारी राखेको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.