पञ्चकोटमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन

पञ्चकोटमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन
फाइल तस्बिर।
सुन्नुहोस्

बागलुङ : बागलुङको पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन भएको छ। गण्डकी प्रदेशका कृषि मन्त्रालयका कृषि विज्ञहरू, बागलुङ, पर्वत र म्याग्दीका कृषि ज्ञान केन्द्र र भेटेरिनरी तथा पशु सेवाविज्ञ केन्द्रका विज्ञहरू र स्थानीय कृषकहरूको उपस्थितिमा आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन सम्पन्न गरिएको हो।

सम्मेलनमा बोल्दै गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रदेश सचिव डा. टंकप्रसाद प्रसाईंले कृषिमा दुई वटा क्रान्तिको आवश्यकता रहेको बताए। उनले कृषिको विकासको लागि हरित क्रान्ति र स्वयत क्रान्तिको आवश्यकता रहेको बताए। सचिव प्रसाईंले हरित क्रान्तिमार्फत कृषि क्षेत्रमा ताजा तरकारी उत्पादन, करेसाबारीमा आवश्यक तरकारी उत्पादन, व्यावसायिक तरकारी खेतीका साथै आवश्यक खाद्यान्न उत्पादन र फलफूल खेती गर्नुपर्ने बताउँदै स्वयत क्रान्तिमार्फत दुग्धजन्य पदार्थ उत्पादनको लागि पशुपालन र दुध उत्पादन यथेष्ट ढंगले गरिनुपर्ने बताए।

प्रदेश सचिव प्रसाईंले गण्डकी प्रदेशका तीन जिल्लामा न्यून र अन्य जिल्लामा आवश्यक मात्रामा उत्पादन  हुने गरेको बताए। ‘मनाङ, मुस्ताङ र कास्कीमा उत्पादन न्यून रहेको छ। तीन जिल्लामा उत्पादनमा जोड दिनुपर्ने अवस्था छ। ती जिल्लामा विशेष कार्यक्रम लागुपर्ने हुन्छ,’ उनले भने, ‘गोरखा, लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा र बागलुङ जिल्लामा आवश्यक खाद्यान्न आवश्यकस्तरमा उत्पादन हुन्छन्। तर, गण्डकी प्रदेश पर्यटकीय र धार्मिक पर्यटकीय प्रदेश हो त्यसैले यतिले पुग्दैन।

बाहिरबाट आउने पर्यटकहरूलाई पर्याप्त मात्रामा स्थानीय स्तरमा उत्पादित खाद्यान्न खुवाउनको लागि उत्पादन बढाउनुपर्ने देखिन्छ।’ सम्मेलनमा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जमिनलाई बाँझो नराख्न सुझाव दिए। उनले जे गर्दा पनि जमिनबाट उत्पादन हुने बताउँदै बाँझो जमिनलाई कृषि भूमिको रूपमा प्रयोग गरेर उत्पादन बढाउनुपर्ने बताए। सभापति शर्माले सुविधाको खोजीमा नेपाली युवाहरू बिदेसिइरहेका बताउँदै संस्कार सुधारेर देश विकासमा लाग्नुपर्ने बताए। 

स्वामी मुक्तिनाथ बाबा कमलानयन आचार्यले माटोको पहिचान गरेर उत्पादन गरेमा नेपालीहरू खाद्यान्नको लागि परनिर्भरता बन्न नपर्ने बताए। ‘भारतबाट सागसब्जीहरू नआउने हो भने हाम्रो उपाय लाग्दैन,’ उनले भने, ‘परनिर्भरतामा हामी परआश्रित भएर बाँच्नुपरेको छ। विभिन्न ठाउँको माटोको पहिचान गरेर उत्पादन गर्ने हो भने हामी परनिर्भर बन्न पर्ने थिएन।’

उनले गौशाला संरक्षणमा आफूहरूले काम गरिरहेको बताए। उनले बागलुङ र पर्वतमा दुईवटा गौशाला सञ्चालन गरेर अहिले एक सयभन्दा बढी स्थानीय प्रजातिका गाईहरू पालन गरिरहेको बताए।  धार्मिक यज्ञमा विभिन्न राष्ट्रिय विकासका सम्मेलनहरू पहिलो पटक भएको उनको भनाइ छ। 
मंगलबार सम्पन्न आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलनमा गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, बागलुङ, पर्वत र म्याग्दीका कृषि र पशु कार्यालयका कृषि तथा पशुपक्षी विज्ञहरूको साथै कृषकहरूको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.