पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज झापा गोल्डकपको क्वार्टरफाइनलमा

झापा : विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड क्लब झापा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ। ए डिभिजन लिग विजेता चर्च ब्वाइजले पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा निश्चित गरेको हो।

पहिलोपटक झापा गोल्डकपमा सहभागिता जनाएको चर्च ब्वाइजले पहिलो खेलमै विजयी सुरुवात गरेको छ। पुलिस क्लब यसअघिका ५ वटै संस्करणमा पहिलो चरणबाटै बाहिरिएका थिए। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलको ५३ औँ मिनेटमा चर्च ब्वाइजका अवयोमी अबयोमीलाई पुलिसका गोल रक्षक सञ्जित श्रेष्ठले पेनाल्टी एरियामा फाउल गरेका थिए। त्यसपछि पाएको पेनाल्टीमा अबयोमीले गोल गर्दै टिमलाई अग्रता दिलाए।

खेलको ७८ औँ मिनेटमा अबयोमीको क्रस पासमा समीर तामाङले गोल गर्दै अग्रता दोब्बर बनाए। पेनाल्टी एरियामा अनमार्क रहेका रहेका तामाङले दायाँ बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो। खेलको ४३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकै पुलिसका उज्ज्वल राईलाई चर्च ब्वाइजका खेलाडीले लडाएपछि पुलिसले फ्रिकिक पाएको थियो।

सञ्जीव लामाले गरेको फ्रिकिक विपक्षी गोलरक्षक दीप कार्कीले पञ्च गरेर बचाए। ६९ औँ मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पुलिसले खेर फालेको थियो। खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका अवयोमी घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। सोमबार हुने पहिलो क्वार्टरफाइनल खेलमा विभागीय टोली सशस्त्रको एपिएफ र सर्लाहीको बागमती युवा क्लबबीच हुनेछ। गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउने छ भने उपविजेताले नगद ७ लाखमा पाउने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.