रवि लामिछानेको गृह मन्त्रालयमा फेरि दावी

रवि लामिछानेको गृह मन्त्रालयमा फेरि दावी
सुन्नुहोस्

काठमाडौं : नयाँ सत्ता समीकरण बनेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा फेरि दावी गरेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको तीन दलको बैठकमा रास्वपा सभापति लामिछानेले गृहमन्त्रालय नछोड्ने अडान लिएका हुन्। नेकपा एमाले,माओवादी केन्द्र र रास्वपाको बैठक बसिरहेको छ।

रविले गृहमा दावी गरेपनि ओली र प्रचण्ड भने दिन तयार छैनन्। अर्थमन्त्रालय र गृहमन्त्रालयले एमाले र माओवादीले पाउनुपर्ने प्रधानमन्त्रीको अडान छ। गृह र अर्थबाहेक अन्य मन्त्रालय लिन रविलाई उनीहरूले सुझाव दिएका छन्। रविलाई भौतिक मन्त्रालय दिन एमाले र माओवादी तयार भएपनि उनले गृह छोडेका छैनन्।

यसअघि निर्वाचनपछि बनेको तत्कालीन एमाले - माओवादीको गठबन्धन सरकारमा लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका थिए। नागरिकता विवादमा मुछिएपछि सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो।

उनले पुन: नेपाली नागरिकता लिएर चितवनबाट सांसद बनेका हुन्।

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.