एनआईसी एशिया बैंक र क्रिकेट एसोसिएसनले राष्ट्रिय टि२० च्याम्पियनसिप आयोजना गर्ने

एनआईसी एशिया बैंक र क्रिकेट एसोसिएसनले राष्ट्रिय टि२० च्याम्पियनसिप आयोजना गर्ने
सुन्नुहोस्

विराटनगर : एनआईसी एशिया बैंक र क्रिकेट एसोसिएसनले राष्ट्रिय टि२० च्याम्पियनसिप आयोजना गर्ने भएका छन्। एनआईसी एशिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनका प्रतिनिधि तर्फबाट विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा मार्च ५ देखि मार्च १६ सम्म राष्ट्रिय टि २० च्याम्पियनसिप भव्य रुपमा आयोजना हुने घोषणा भएको हो।

ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख सरोज भट्टराईले नेपाली खेल क्षेत्रमा क्रिकेट खेलले पुर्‍याएको गहिरो महत्वलाई एनआईसी एशिया बैंकले क्रिकेटमा देखाएको समर्पणले थप उजागर गर्ने विश्वास लिएका बताए। नेपाली जनमानसको मन-मनमा विशेष स्थान ओगटेको क्रिकेट खेलले समुदायलाई एकताबद्ध गर्ने अविस्मरणीय कार्य गरेको उनको भनाइ छ। 

मोरङ जिल्ला क्रिकेट एसोसिएसनकाका अध्यक्ष साद कुरेशीले मोरङ जिल्ला क्रिकेट एसोसिएसनको तर्फबाट  क्रिकेट व्यवस्थापनमा एक महत्त्वपूर्ण कदमको पहिलो प्रमुख चरणमा भुक्तानीहरूको डिजिटलाइजेसन गरिरहेको बताए। 'एनआईसी एशिया बैंकको सहकार्यमा हामी 'Player of the Match' को रकम QR कोडबाट भुक्तानी गर्नेछौं। यस नवीन दृष्टिकोण क्रिकेट व्यवस्थापनको विकासमा एउटा मेरुदण्डको रहेको हामीले बुझेका छौं,' उनले भने।

एनआईसी एशिया बैंक र मोरङ जिल्ला क्रिकेट एसोसिएसनले नेपालमा क्रिकेट व्यवस्थापन र खेलको विकासका लागि भविष्यमा थप साझेदारीका मानकहरू स्थापना गर्न उत्साहित भएको उनले बताए।  कार्यक्रममा बैंकका कोशी प्रदेशका हिरा प्रसाद पौड्याल लगायत विभिन्न व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.