झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुन्नुहोस्

झापा : झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ५५ वर्षीय शम्भु कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

प्रहरीका अनुसार सोमबार साँझ ६ बजेको समयमा झापा गाउँपालिका–४ मंगलवारेस्थित हुलाकी राजमार्गमा शरणामतिबाट कुमारखोदतर्फ जाँदै गरेको मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो। 

घाइते कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्‍याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए। यता इलाका प्रहरी कार्यालय कुमरखोदले मोटरसाइकल र चालक झापा–१ निवासी ४५ वर्षीय पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.