एनआरटीमाथि कठिन जित निकाल्दै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा

एनआरटीमाथि कठिन जित निकाल्दै चर्च ब्वाइज झापा गोल्डकपको सेमिफाइनलमा
सुन्नुहोस्

झापा : न्यु रोड टिम (एनआरटी) क्लबमाथि कठिन जित निकाल्दै चर्च ब्वाइज युनाइटेड क्लब छैटौँ झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ। 

बिर्तामोडस्थित डोमालाल रंगशालामा मंगलबार भएको दोस्रो दिनको क्वाटरफाइनलम खेलमा चर्च ब्वाइजले एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। लिग च्याम्पियन चर्च ब्वाइजको जितका लागि एकमात्र गोल विदेशी खेलाडीले गरे। 

खेलको ३६औँ मिनेटमा अवयोमी फकुन्लेले पेनाल्टी एरियाबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। दायाँ साइडबाट सञ्जित राई (लाहुरे)ले दिएको पासलाई फकुन्लेले सदुपयोग गर्दै जाली चुमाए। चर्च ब्वाइजका मिलन राईले खेलको ३२औँ मिनेटमा पेनाल्टी एरियामा विपक्षी गोलरक्षकसँग वान टु वानको स्थितिमा पाएको अवसर सदुपयोग गर्न सकेनन्। 

उनको प्रहार गोलरक्षक पूजन होनाले बचाउ गरे। ८५औँ मिनेटमा बिजु भुजेलले गोलरक्षकलाई बिट गरेर पोस्टको बायाँपट्टि गरेको प्रहार बाहिरिँदा अग्रता दोब्बर बनाउने अवसर गुमायो। एनआरटीले खेलको २२औँ मिनेटमा पाएको अवसर गुमायो। चर्च ब्वाइजका दीप कार्की बिट भइसकेको समयमा विदेशी खेलाडी ओलावाले आफिजले गोल गर्न नसक्दा खेल बराबरी गर्न चुकेका थिए। 

८०औँ मिनेटमा सरोज तामाङले गरेको फ्रिकिक बार माथिबाट बाहिरिँदा एनआरटी स्तब्ध हुँदै घर फर्किन बाध्य भयो।  एनआरटी पाँच पटकको लिग विजेता हो। भर्खरै सम्पन्न केपी ओली कपमा उपविजेता भएको एनआरटी लिग विजेता चर्च ब्वाइजसँग स्तब्ध भएको हो। खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका सञ्जित राई (लाहुरे) घोषित भए। 

उनले ११ हजार रुपैयाँ पुरस्कार पाए।बुधबारको खेल त्रिभुवन आर्मी एफसी र मछिन्द्र फुटबल क्लबबीच हुनेछ। आर्मी चार पटकको झापा गोल्डकपको विजेता टोली हो। साबिक विजेता आर्मीसँग पहिलोपटक सहभागी हुन लागेको मछिन्द्र एफसीले प्रतिस्पर्धा गर्न लागेको हो। फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपमा झापा ११ एफसीसहित १० टोली सहभागी छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.