मछिन्द्र बाहिरियो, आर्मी झापा गोल्डकपको सेमिफाइनलमा

मछिन्द्र बाहिरियो, आर्मी झापा गोल्डकपको सेमिफाइनलमा
सुन्नुहोस्

झापा : डिफेन्डिङ च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी छैटौँ झापा गोल्डकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। उपाधिका दाबेदार मानिएका मछिन्द्र फुटबल क्लब क्वाटर फाइनलबाटै घर फर्किएको छ। 

बिर्तामोडस्थित डोमालाल रङ्गशालामा बुधबार भएको खेलमा त्रिभुवन आर्मीले मछिन्द्रलाई २–१ गोल अन्तरको पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो। फागुन २५ गते आर्मी फाइनल प्रवेशका लागि विभागीय टोली सशस्त्रको एपिएफसँग भिड्ने पक्का भएको छ। 

खेलको ११औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो। मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अग्रता लिएका मछिन्द्रलाई दोस्रो हाफमा रोक्दै खेलको ६१औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याए। स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए। ८१औँ मिनेटमा वसन्त जिम्वाले गोल गरेका थिए। पेनाल्टी एरियामा पाएको बललाई जिम्वाले जाली चुमाए। 

खेलको सातौँ मिनेटमा नवयुगले गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन्। उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए। खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो। तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय व्यहोर्नु पर्‍यो।

खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब बनाइराखे। चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्ती मगरको हेडर बाहिरियो। पाँचौँ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता दिन मछिन्द्र असफल भयो। २२ औँ मिनेटमा अभिषेक गुरुङको विमलले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाएपछि खेललाई २–० को अग्रता दिलाउने अवसरबाट उनी वञ्चित भए। ८० औँ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुष घलानले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो।  

खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए। उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्कीलगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे। बिहीबार आयोजक झापा ११ एफसी र एन्फा मकवानपुरबीच अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ। १० टोली सहभागी गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाख पाउनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.