सामाजिक सञ्जालबाट चिनजान, बाराबाट पथरी आएर लिए ज्यान

सामाजिक सञ्जालबाट चिनजान, बाराबाट पथरी आएर लिए ज्यान
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई सार्वजनिक गरेको हो। 

सोमबार राति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा (दाजु) को घरमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको निर्मम तरिकाले हत्या भएको थियो। धारिलो हतियार प्रयोगबाट  हत्या गरिएकी ज्ञानमतिको घटनास्थलमै मृत्यु भएको थियो।

हत्यापछि फरार रहेका धीरेनलाई घटना भएको चार घण्टाभित्रै प्रहरीले पक्राउ गरेको हो। मंगलबार बिहानै २ः३० बजेतिर उनलाई बेलबारीको भाउन्नेस्थित जंगलबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। एसपी कार्कीका अनुसार ज्ञानमति र धीरेनबीच सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र इमोमार्फत चिनजान भएको थियो। 

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा घर बनाएर आफ्नी आमासँग बस्दै आएका धीरेनले योजनाबद्ध तरिकाले ज्ञानमतिको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्या गर्ने योजनाका साथ धीरेन केही दिनअघि मात्र बाराबाट मोरङ आएका थिए। 

प्रहरीका अनुसार धीरेन विवाहित पुरुष हुन्। उनकी एक श्रीमती र १४ वर्षीय छोरासमेत छन्। उनीहरू दुबईमा बस्दै आएको खुलेको छ। उनकी श्रीमती चार वर्षदेखि वैदेशिक रोजगारीमा गएकी छन्। 

श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए। डेढ वर्षयता उनीहरू माया–प्रेममा रहेका थिए। असारमा उनीहरू बिहे गर्ने मनसायका साथ जोगबनी हुँदै भारत जाने तरखरमा रहेका थिए।

तर, मानव बेचबिखनविरुद्ध सक्रिय एक संस्थाले उनीहरूलाई फेला पारी ज्ञानमतिलाई परिवारको जिम्मा लगाइदिएको थियो। ज्ञानमतीको परिवारले आफूसँग विवाह नगरिदिने बुझेपछि धीरेनले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए। खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार उनी पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत थिइन्। ज्ञानमतिका मामाका छोरा विनोदले आफ्नै घरमा सुम्निमा होटल नामको खाजा नास्ता पसल पनि सञ्चालन गरेका छन्। दुई वर्षअघि पहाडबाट झरेकी ज्ञानमति नास्ता पसलमा दाजुलाई सहयोग गर्दै उनकै घरमा बसेर पढ्ने गरेकी थिइन्। बुवा दानबहादुर राईको भने यसअघि नै निधन भइसकेको थियो। गए राति सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउन्डमा राति १०ः३० बजेतिर चौधरीले धारिलो हतियार प्रहार गरेर बालिकाको वीभत्स तरिकाले हत्या गरेका हुन्।

हतियार प्रहारबाट गर्धन, अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको अवस्थामा ज्ञानमतिको शव फेला परेको थियो। बालिका चिच्याएको आवाज आएपछि हेर्दा ज्ञानमतिलाई उनका दाजु विनोदले गम्भीर अवस्थामा फेला पारेका थिए। लगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याएको छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा अनुसन्धान गर्न थप सहज हुने प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.