मकवानपुरको लज्जास्पद हार, आयोजक झापा गोल्डकपको सेमिफाइनलमा

मकवानपुरको लज्जास्पद हार, आयोजक झापा गोल्डकपको सेमिफाइनलमा
सुन्नुहोस्

झापा : आयोजक झापा ११ सँग लज्जास्पद हार व्यहोरिदै पाहुना टोली एन्फा मकवानपुर झापा गोल्डकपको क्वाटर फाइनलबाटै बाहिरिएको छ। 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार भएको अन्तिम क्वाटरफाइनल खेलमा मकवानपुरलाई ५-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक सेमिफाइनलको यात्रा तय गरेको हो। फागुन २६ गते आयोजक झापा ११ फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेडसँग भिड्ने पक्का भएको छ। 

झापाका खेलाडी मैदानमा गोल बर्षा गरेका थिए। झापाको जितमा आदित्य शाक्य, प्रदिप बुढाथोकी, बबिन बोहरा, आशिष चापागाईं र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक÷एक गोल गरेका थिए। मकवानपुरको लागि ओस्कारले सान्त्वना गोल फर्काए। झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो। 

खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन्। आशिष चापागाईंले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे। खेलको ६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे। दिपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन्। 

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए। समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन्। उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो।  खेलको ८३औँ मिनेटमा प्रदिप बुढाथोकीले तेस्रो गोल गरे। ह्यारिसनको स्थानमा उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए।  खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्यो। 

बबिन बोहराले चौथो गोल गरेका हुन्। बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए। अर्को गोल आशिषको नाममा रह्यो। आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन्।

खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो। अगाडि बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके। उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोललाइनबाट क्लियर गर्न सफल भएका थिए। ४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे। 

४८औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे। खेलको ७३औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो। यो खेलसँगै क्वाटरफाइनल समीरकण पूरा भएको छ। खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य घोषित भए। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए। 

शुक्रबार हुने पहिलो सेमिफाइनल दुवै विभागीय टोलीबीच हुनेछ। त्रिभुवन आर्मी  र सशस्त्रको एपिएफ फाइनल प्रवेशका लागि भिड्ने छ। यसअघि आर्मीले चारपटक उपाधि जितिसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.