झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुन्नुहोस्

झापा : झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

घाइते मोटरसाइकल चालक मगरलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.