दि ओरियन्टल इन्स्योरेन्सद्वारा सहयोग

दि ओरियन्टल इन्स्योरेन्सद्वारा सहयोग
सुन्नुहोस्

काठमाडौं : दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। 

जसमध्ये १० लाख रुपैयाँ जाजरकोट भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रुपैयाँ स्कुले विद्यार्थीका लागि समता शैक्षिक गुठीमा प्रदान गरिएको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक आरआर सिंह तथा महाप्रबन्धक रेखा मोहन्ती ठाकुर र कम्पनीका नेपालस्थित कार्यालय प्रमुख कार्यकारी अधिकृत टी चक्रवर्तीले उक्त रकमबराबरका चेकहरू हस्तान्तरण गरेका थिए।

भ्रमणका क्रममा अध्यक्ष तथा प्रबन्ध निर्देशक आरआर सिंहले कम्पनीको नयाँ प्रडक्ट युवा लक्षित बिमा लेख ‘ओरियन्टल युथ इको केयर पोलिसी’को बिक्री शुभारम्भ पनि गरेका थिए। 

नेपालमा बिमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने उद्देश्यले कम्पनीका उच्च पदस्थ अधिकारीहरू नेपाल आएको कम्पनीका म्यानेजर सूर्यकृष्ण मानन्धरले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.