गोरखाका चार जना हिमाल आरोही महिला सम्मानित

गोरखाका चार जना हिमाल आरोही महिला सम्मानित
सुन्नुहोस्

गोरखा : गोरखाका चारजना हिमाल आरोही महिला सम्मानित भएका छन्। ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले दुई जनालाई साहसिक महिला शीर्षकमा र दुई जनालाई पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको हो। 

गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले फुञ्जो झाङ्मु लामा र पुर्णिमा श्रेष्ठलाई साहसिक महिला शीर्षकमा सम्मान गरेको हो। त्यस्तै नानुमाया गुरुङ र डिकी ल्हामु लामालाई पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको हो।

चुमनुव्री गाउँपालिका–७ छेकम्पारकी फुन्जो झाङमु लामा सबैभन्दा छिटो सगरमाथा आरोहण गरेर गिनिजबुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल महिला हुन्। आठहजार मिटर भन्दा अग्ला सगरमाथा, केटु, चोयू र मनास्लु आरोहण गर्ने उनी उनी लङलाइन रेस्क्यूअर तथा स्की च्याम्पियन पनि हुन्। उनी यसअघि एडमण्ड हिलारी एवार्डबाट पनि सम्मानित भएकी थिइन्। 

नेपाल सरकारले उनलाई स्वीजरल्याण्डका लागि पर्यटन सद्भावना दूत घोषणा गरेको छ। आरुघाट गाउँपालिका वडा नम्वर ९ की पूर्णिमा श्रेष्ठ आठ हजारभन्दा अग्ला आठ वटा हिमाल आरोहण गर्न सफल महिला हुन्। उनी फोटो पत्रकारसमेत हुन्।

चुमनुव्री–१ सामागाँउकी डिकी ल्हामु लामा र धार्चे गाउँपालिका वडा नम्वर ५ गुम्दाकी नानुमाया गुरुङलाई पनि गण्डकी प्रदेश सरकारले पर्वतारोही महिला शीर्षकमा सम्मान गरेको छ। गुरुङले आठहजार मिटरभन्दा अग्लो सगरमाथा र मनास्लु हिमाल आरोहण गरेकी छिन् भने लामाले आठ हजार मिटरभन्दा अग्लो मनास्लु आरोहण गरेकी छन्। उनीहरूलाई प्रदेश सरकारले जनही नगद ५० हजारसहित कदरपत्रले सम्मान गरेको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.