अर्थमन्त्रीले सेयर बजार सुधार्ने कार्ययोजना मागेपछि...

अर्थमन्त्रीले सेयर बजार सुधार्ने कार्ययोजना मागेपछि...
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अर्थ मन्त्रालयले पुँजी बजारका निकायहरूसँग सुझाव मागेको छ। पत्र लेख्दै अर्थ मन्त्रालयले पुँजी बजारको विकास र विस्तारको लागि गर्नुपर्ने कामका बारेमा सुझाव मागेको हो।

मन्त्रालयले नियामक नेपाल धितोपत्र बोर्ड, बजार नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङको नाममा पत्र काट्दै सात दिनभित्र कार्ययोजना पेस गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको छ। ‘पुँजी बजारको विकास र विस्तारको लागि तत्काल गर्नुपर्ने कामहरूको सम्बन्धमा सम्बन्धित सरोकारवालाको रायसमेत लिई सात दिनभित्र कार्य योजना पेस गर्नुहुन माननीय मन्त्रीज्यूको निर्देशनअनुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ।

यता सेयर बजारले अर्थमन्त्रीको कदमलाई सकारात्मक प्रतिक्रिया दिएको छ। मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ बिन्दुमा कायम भएको हो। यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से २२ अंकले बढेको  थियो। कारोबारमा आएका २ सय २० कम्पनीको मूल्य बढ्दा सेयर बजारमा बहार छाएको हो। मंगलबार २२ वटाको मूल्य घट्दा ४ वटाको यथावत् रहे। दिनभर ३ सय ५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५ सय ९७ कित्ता सेयर ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ ८२ पैसामा खरिदबिक्री भए। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ३७ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो। सोनापुरको २४ करोड मूल्यबराबरको सेयर कारोबार हुँदा सन् नेपाल लाइफ इन्स्योरेन्सको साढे १६ करोड, हिमालयन रिइन्स्योरेन्सको पौन १६ करोड र माउन्टेन इनर्जी नेपालको ११ करोड बढी मूल्यबराबरको सेयर कारोबार भएको छ।

उच्च अंकले बढेको सेयर बजारमा पाँच कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेप्सेका अनुसार जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वावलम्बन लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका हुन्। नेप्सेले एक महिनापछि २१ सय पार गरेको दिन सबै समूहका उपसूचक सकारात्मक देखिए। सबैभन्दा बढी जीवन बिमा उपसूचकमा सर्वाधिक ५.५४ र लघुवित्त समूहमा ५.०५ प्रतिशतको सुधार आयो।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.