रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

रूसमा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु
सुन्नुहोस्

मस्को : मस्कोको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रूसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि  आइएल–७६  विमान जङ्लमा खसेको जनाएको छ ।  

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए । अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन ।

अनलाइन समाचार माध्यामहरूले दुर्घटनामा पर्ने सबैको मृत्यु भएको रिपोर्ट गरेका छन् ।

'मस्कोको स्थानीय समयअनुसार दिउँसो एक बजे  एक आइएल–७६  सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको राज्यद्वारा सञ्चालित तास समाचार एजेन्सीले उद्धृत गरेको छ ।

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ‘सेभर्नी’ शिविरबाट विमानले उडान भरेलगत्तै इन्जिनमा आगो लागेको विज्ञप्तिमा उल्लेख छ । 

चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ । 

टेलिग्राम च्यानल–११२ ले जनाएअनुसार बोगोरोड्स्को गाउँ बाहिरको चिहान नजिकैको जङ्लमा दुर्घटना हुनुअघि जलिरहेको विमानलाई आवासीय क्षेत्रभन्दा बाहिर निकाल्न चालकदल सक्षम भएको थियो । 

यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो । सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खस्दा सबैको मृत्यु भएको रूसी समाचार संस्था तासले जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.