अपडेट : उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

अपडेट : उदयपुरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु
सांकेतिक तस्बिर।

विराटनगर : उदयपुरको बेलका नगरपालिका-७ मा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भोजपुरको घोडेटारबाट यात्रु लिएर सुनसरीको धरान हिँडेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए।

उनका अनुसार २ जना पुरुष, ३ जना महिला र १ बालकको घटनास्थलमै मृत्यु भएको हो। मृतकहरुको पहिचान खुल्न बाँकी छ।

घटनास्थलबाट प्रहरीले उद्धार गरेर ६ जनालाई उपचारका लागि धरानतर्फ पठाइएको खापुङले जानकारी दिए। दुर्घटनाको कारण खुल्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.