धनकुटामा आगलागी, ३ घर जलेर नष्ट

धनकुटामा आगलागी, ३ घर जलेर नष्ट
सुन्नुहोस्

धनकुटा : धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।  धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि भएको आगलागीबाट ३ घर जलेर नष्ट भएको हो। 

 
अहिले आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय पाख्रिवासका ईन्चार्ज नारायण भट्टराईले जानकारी दिए। आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०:३० बजे आगो सल्किएको थियो।

आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।

nullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.