गोरखामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

गोरखामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

गोरखा : मोटरसाइकल चोरी गर्ने संगठित समूहलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। विभिन्न मितिमा, विभिन्न स्थानबाट मोटरसाइकल चोरेको आरोपमा पक्राउ परेका ११ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। 

उनीहरूको साथबाट नौ वटा मोटरसाइकल बरामद गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए। एसपी पाठकका अनुसार मोटरसाइकल चोरीको आरोपमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की पक्राउ परेका हुन्। 

त्यस्तै सोही गाउँपालिका वडा नम्बर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्बर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आरुघाट गाउँपालिका ३ आर्खेतमा बिआर ब्रदर्श वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार पक्राउ परेका प्रहरीले जनाएको छ। एसपी पाठकका अनुसार पाँचजनालाई यही फागुन २७ गते पक्राउ गरिएको थियो। 

त्यस्तै पक्राउ परेकाहरूसँगको अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। आरुघाट गाउँपालिका वडा नम्बर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्बर २ का अन्जन घले, वडा नम्बर ३ का टेकबहादुर आले र कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको एसपी पाठकले जानकारी दिए। 

उनीहरूको साथबाट चोरीका सातवटा मोटरसाइकल बरामद भएको डीएसपी रमेशकुमार श्रेष्ठले बताए। ‘सबै बाइक कालो रातो रंगको २२० सिसिको पल्सर छन्,’ उनले भने, ‘पाँच वटा धादिङबाट र चार वटा गोरखाबाट चोरेको खुलेको छ।’ डीएसपी श्रेष्ठका अनुसार चोरी भएका बाइकमध्ये चारवटा उनीहरूले बिक्री गरिसकेका छन्। चार वटा उनीहरू आफैंले प्रयोग गर्दै आएका थिए भने एउटा बेवारिसे अवस्थामा फालिएको अबस्थामा भेटिएको हो। 

पक्राउ परेकाहरूमध्ये ६ जना चोरीमा संलग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जाहरू फेर बदल गर्ने कार्यमा संलग्न रहेको बताइएको छ। उनीहरू विरुद्ध चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। २२० सिसिको पल्सर बाइकलाई टार्गेट गरी उनीहरूले चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। 

चोरी भएका बाइकहरू १५ देखि ३० हजार रुपैयाँसम्ममा बेच्ने गरेको खुलेको छ। चोरीका बाइकहरू उत्तरी गोरखाका दुर्गम भेगमा पठाओका रुपमा चल्ने गरेको पाइएको डीएसपी श्रेष्ठले बताए। ‘घटनाको थप अनुसन्धान गरिरहेका छौँ, चोरीमा संलग्न अन्य व्यक्तिहरू पनि पक्राउ पर्न सक्ने सम्भावना छ,’ उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.