बागलुङ सुधार केन्द्र बन्यो जेसीज कपको च्याम्पियन

बागलुङ सुधार केन्द्र बन्यो जेसीज कपको च्याम्पियन
सुन्नुहोस्

बागलुङ : बागलुङ सुधार केन्द्र ‘अर्ना दोस्रो जेसीज कप’को च्याम्पियन बनेको छ। बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा साविक विजेता नेपाल आर्मीको श्रीमेहर गणलाई ३–२ गोलअन्तरले पराजित गर्दै सुधार केन्द्रले उपाधि चुमेको हो। 

खेलको सुरुवाती चरणमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन श्रीमेहर गणले उपविजेतामा चित्त बुझाएको छ। खेलको चौथो मिनेटमा यामलाल कंडेलले गोल गर्दै गणलाई अग्रता दिलाएका थिए। त्यस लगतै सुधार केन्द्रका बरदान निउरेले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टमा लाग्दै बाहिरिएको थियो।

खेलको २१ औं मिनेटमा कप्तान प्रकाश निरौलाले गोल गर्दै गणको अग्रता दोब्बर बनाएका पनि धेरै बेर टिक्न सकेन्। दुई गोलले पछि परेको सुधार केन्द्रको लागि खेलको २४ औं मिनेटमा क्यामरुनी खेलाडी साम्बा ओस्करले गोल गर्दै पहिलो हाफमा खेललाई २–१ मा पुर्‍याएका थिए।

दोस्रो हाफमा सुरुवातदेखि आक्रमक खेल प्रस्तुत गरेको सुधार केन्द्रले ४९ औं मिनेटमा आशिष केसीको फ्रिकिक बललाई अभिशेक रानाले हेडमार्फत आर्कषक गोल गर्दै खेललाई २–२ गोलको बराबरी गराएका थिए।

निकै प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। खेलको ९३ औं मिनेटमा सुधार केन्द्रका वरदान न्यूरेले गोल गर्दै टिमलाई अग्रता दिलाए। न्यूरेको गोल नै सुधार केन्द्रलाई उपाधि दिलाउन निर्णायक बन्यो। 

विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। यस्तै विधागत पुरस्कारमा पनि सुधार केन्द्रका खेलाडीको वर्चस्व रह्यो। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बागलुङ सुधार केन्द्रका बरदान न्यूरे बनेका छन्। न्यूरेले सुधार केन्द्रको लागि सेमिफाइनल र फाइनल खेलमा निर्णायक गोल गरेका थिए। यस्तै सुधार केन्द्रका साम्बो ओस्कर सर्वाधिक गोलकर्ता बनेका छन्। उनले प्रतियोगितामा ५ गोल गरेका थिए। सुधार केन्द्रकै मार्टो भेराटी उत्कृष्ट मिडफिल्डर र अशोक रेग्मी उत्कृष्ट गोलरक्षक बनेका छन्।

यस्तै श्रीमेहर गणका खुम कट्वाल उत्कृष्ट डिफेन्डर घोषित भए। यस्तै आदर्श स्पोर्टस क्लबका फिलिप्स भिक्टर उत्कृष्ट गोलकर्ता बनेका छन्। बागलुङ जेसीजले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.