स्टाफ नर्स हत्या प्रकरण : आफन्त आएपछि खोलियो ढोकाको चाबी

स्टाफ नर्स हत्या प्रकरण : आफन्त आएपछि खोलियो ढोकाको चाबी
सुन्नुहोस्

विराटनगर : विराटनगरमा हत्या गरिएकी स्टाफ नर्सका आफन्त एवं अभिभावक सिरहाबाट आइपुगेका छन्। उनीहरू शुक्रबार साँझ विराटनगर आइपुगेका हुन्। त्यसपछि शव भेटिएको कोठामा लगाइएको चाबी खोलेर घटनाको अनुसन्धान सुरु भएको छ। 

प्रहरीले पीडित पक्षलाई शव देखाएको छ। कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। शवलाई कोशी अस्पताल लग्ने तयारी रहेको उनले बताए। 

'आफन्त र परिवारका सदस्यलाई देखाएर शव पोस्टमार्टमका लागि लैजाने तयारी हुँदैछ,'  उनले भने, 'झघटना हत्या नै हो।' विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार मध्यान्न १२ बजेतिर शव फेला परेको थियो। प्रहरीले हत्यामा संलग्नका बारेमा यकिन गरिसकेको छैन। हत्यामा प्रेमी संलग्न रहेको आशंका गरिए पनि अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

प्रहरीका अनुसार नोबेल शिक्षण अस्पतालमा स्टाफ नर्स रहेकी दास नजिकै विराटनगर-४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा ३-४ महिनायता डेरा बस्दै आएकी थिइन्। धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शव घरको कोठाभित्रको शौचालयमा छाडिएको थियो। कोठाको चाबी बाहिरबाटै लगाई हत्यामा संलग्न फरार भएको प्रहरीले जनाएको छ। मृतक पक्ष नआउन्जेल घटनास्थललाई सुरक्षित गर्न प्रहरी परिचालन गरिएको थियो। उनीहरू आइपुगेपछि चाबी खोलेर शव तथा घटनास्थल देखाउँदै प्रहरीले घटनाको थप अनुसन्धान आगाडि बढाएको छ। 
 
घटनास्थलको प्रकृति हेर्दा हत्या शौचालयभित्रै गरेजस्तो देखिने मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। कोठामा हत्या गरेको कुनै प्रमाण फेला नपरेको उनको भनाइ छ। हत्यामा संलग्नले रगत लागेका आफ्ना कपडा खोलेर शौचालयभित्रै छाडेको जानकारी कार्कीले दिए। घाँटीमा चोट रहेको अवस्थामा शव र रगत नलागेको हतियार भेटिएको उनले बताए। प्रेममा उत्पन्न खटपट एवं सम्बन्धमा देखिएको दरार हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ। घटनामा संलग्न पक्राउ परेका छैनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.