शब्दमा समेटिएका संस्कारहरू

शब्दमा समेटिएका संस्कारहरू

लघुकथामा प्रयोग गरिएका शीर्षक ओम तृपनतामले समाजका विविध पक्षको प्रतिनिधि भएर बोलेको छ। यसैगरी, यसमा साहित्यिक क्षेत्रमा हुने विकृतिबारेका लघुकथा छन्।

सुगन्ध भएको सुनरूपी मान्छेको काम गर्ने क्षमता अद्भुत हुन्छ। त्यो क्षमताले धेरैलाई सकारात्मक हुन सिकाउँछ। समाज परिवर्तनको सोच भएको व्यक्तिको कलम तिखार्नु पर्दैन। हरेक पाटोमा खारिएको जीवनका कथामा सरल र तरल हुनुपर्छ भन्ने पाउछौं। सकारात्मक सोच राख्ने शंकर खरेलका लघुकथाको पहिलो पाठक हो। यो ओम तृपनताम संग्रहभित्रका लघुकथा सबै भोगेदेखेका घटना छन्। उनका लघुकथामा आजको समाज पढ्न सकिन्छ।

संग्रहभित्र पस्दा देवकीनन्दन, भीम, मीनकुमार, सागर, वसन्तेजस्ता पात्र साँच्चिकै लाग्छ। घटनाक्रम प्रस्तुत गर्ने शैली पत्रकारकै छ। समाजले हेर्ने दृष्टि र समाजका पात्रको सूक्ष्म दृष्टि राखेर लेखिएका लघुकथा छन्। प्रेमलाई पैसामा जोख्ने प्रेमिकाको व्यवहारले धन्न बिहे नगरेको लघुकथाले सत्य बिलाएको भाव बोलेको छ। देशको आर्थिक अवस्थालाई व्यंग्य गर्दै लेखिएको लघुकथा राहत बाँड्न जान लागेका समाजसेवीको धारणा परिवर्तन गरिदिने पात्र छन्। जसले लोग्नेलाई माग्ने आधार बनाएका छन्, समाजभित्रका पात्र वसन्तेका दाजुभाइका कथामा पाइन्छ। राजनीतिलाई विषय बनाएर लेखिएको शीर्षकको लघुकथामा राजनीतिमा नेता मौकामा चौका हान्न बसेका छन्। पुरस्कार विषयमा लेखिएको लघुकथा छ। पाँच लाख अनुमान गरिएको हुन्छ, पछि दस लाख दिइएको छ।

साहित्यिक क्षेत्रमा हुने विकृतिबारेको लघुकथा छ। शैक्षिक क्षेत्रमा योगदान दिएका व्यक्तिको आर्थिक अवस्था कस्तो हुन्छ। शिक्षकले श्रीमतीलाई समेत जागिरे बनाएको लघुकथा छ। अवस्था कस्तो छ भन्ने कुरा यसमा छ। ओम तृपनताम् लघुकथाको शीर्षक मृत्यु भएका बा आमाको श्राद्ध गर्दा भन्ने मन्त्रमा हिन्दु संस्कार र संस्कृतिबारे छ। सबैभन्दा ठूलो कुरा संग्रहको लघुकथामा प्रयोग गरिएका शीर्षक ओम तृपनतामले समाजका विविध पक्षको प्रतिनिधि भएर बोलेको छ। सत्य बोल्न मान्छेले छोडिसकेका छैनन्। अझै मानवता मरेको छैन भन्ने कुरा पढ्न पाइन्छ। नेपाली भाषा संरक्षण गर्ने कसरी भनेर सोच्नुपर्ने अवस्थामा आएको समयमा संस्कारको संरक्षण गर्न उभिएको पुस्तक छ। श्रद्धाका पात्र आदरणीय व्यक्तिको श्राद्ध गर्दा उच्चारण गरिने मन्त्रको नाममा पुस्तक प्रकाशित हुनु खुसीको कुरा हो। यसरी संस्कारका कुरालाई शीर्षक बनाएर लेख्दा नयाँ पुस्ताले नजानेको कुरा सिक्छन्।

स्रष्टाको पहिचान उसका कलमका डोबबाट प्रस्फुटन भएर अंकुरित भएको शब्द रूप बिउ हो। त्यो बिउ पाठकसमक्ष सजिलै पुग्न सक्दैन। उम्रन कतै छापिनुपर्छ। उम्रेका बिउ बढ्दै गएर सबैको मनमा छापा बनेर बस्छ। पाठकको मनमा हुर्कन्छ, मालीले स्याहारसुसार गरे फुल्छ अनि कन्दरामा झुल्छ। न्यु सृष्टि दैनिक, जो मजस्ता साहित्यकारका लागि खुड्किलो हो, उचालेर माथि पु¥याउने हात हो। पहिला लघुकथा लेखेको शंकर खरेलको लघुकथा पढ्दा कुनै पनि लघुकथामा उपस्थिति छैन भन्ने पटक्कै लागेन। पढिसकेपछि केही समय सोचे, निखारिएको कलमले लेखेका लघुकथा सुन्दर छन्। अर्काले लेखेको लघुकथा पढेर म यतिको लघुकथा सजिलै लेख्छु भन्ने सोचले साहित्यका कुनै पनि विधामा लेख्न सकिँदैन। पढ्दा सरल लागे पनि लेख्न सजिलो छैन तर शंकर खरेलका लघुकथामा चुम्बकीय आकर्षण छ, बिम्ब छ, निर्धक्क लेखिएका विषय छ, उथलपुथल बनाउने योजना छ। समयलाई टपक्क टिप्न सक्ने क्षमता छ।

स्व.मतदाता शीर्षकको लघुकता : ‘हरेक निर्वाचनमा उनी (श्रीमती) आउँछिन् कि भनेर चारैतिर हेर्छु कतै देख्दिनँ तर मतदान भने गरेको देखिन्छ’ गन्नुले भने। गन्नुको कुरा सुनेर कर्मचारी झनै कौतुहलपूर्ण प्रश्नवाचक मुहारले नियालिरहेका थिए। कर्मचारीको कौतुहलता देखेर गन्नु मुखियाले सुस्तरी भने, ‘मेरी श्रीमती मरेको ३५ वर्ष भयो...।’ मरेकी श्रीमतीको नाममा भोट खसालेको यो विषयले देशको अवस्थाका बोलेको छ।

ओम तृपनताम शीर्षकको लघुकथामा : पीडाकै कारण उनको मृत्यु भयो। छोराहरू नेपाल आए। १३ दिनको काम सकियो। श्राद्धको दिन पितासहित दिवंगत अन्य पितृलाई सम्झँदै दिनकर र सुकुमारले पण्डितलाई समेत छक्क पार्ने उच्च स्वरमा कराउँदै भने, ‘ओम्... तृपनताम...।’ जिउँदो हुँदा वास्ता नगर्ने सन्तानका बारेमा लेखिएको छ।

परीक्षा र प्रश्न शीर्षकमा : एसईई सुरु भयो र अतिरिक्त ज्ञानमा अब्बल दीपाश्रीलाई एउटा प्रश्नले परीक्षाप्रति नै घोर निराशा उत्पन्न गरायो। परीक्षा चलिरहेको दिन एक विषयको प्रश्नपत्रमा अचम्मको प्रश्न समावेश थियो– तपाईंको प्रदेश–१ को नाम के राख्दा उपयुक्त होला, यस विषयमा आफ्ना धारणा राख्नुहोस्।’ दीपाश्री प्रश्न पढेपछि छक्क परिन्। राजनीतिप्रति चासो नभए पनि उनलाई यत्ति चैं थाहा थियो– हाम्रो प्रदेशको नाम कोशी हो, एक महिनाअघि मात्रै अत्यधिक बहुमतले कोशी प्रदेश नामकरण गरेको हो। परीक्षामा प्रश्नपत्र बनाउँदा ध्यान दिनुपर्छ भनेर सचेत गराइएको छ।

हरेस खाएपछि शीर्षकको लघुकथामा : अदालतमा मुद्दा जिते पनि रमेशनाथले न्याय पाउने छैनन्। किनभने छोरो रामभजन फर्केर आउने छैन। ‘यो मुद्दा मैले जिते भने अरूका छोराछोरीले यस्तै आत्महत्याको बाटो रोज्ने छैनन्’ रमेशनाथ भन्थ्यो। अदालतले यो प्रकरणमा फैसला दिने दिन आयो। अदालतले फैसला दियो– रामभजनको हत्या होइन, आत्महत्या हो।

नाम जुधेपछि शीर्षकको लघुकथामा : अन्ततः धेरै नै तनाव भयो। सोझा वीरेन्द्रकुमारको दिमागले काम गर्न छाड्यो। घरमा समेत यस विषयमा धेरै कुरा हुन थाल्यो। काम गर्ने उद्योगमा समेत अर्के नजरले हेर्न थालियो। केही दिनपछि उसले आत्महत्या गरेछ। किन आत्महत्याको बाटो रोज्यो ? स्कुलको वीरेन्द्रकुमार निष्कर्षमा पुग्यो, ‘यो आत्महत्या होइन, हत्या हो, पुलिसले निम्त्याएको हत्या...।’ यस्ता समाजका मिहिन विषयको उठान गरिएको छ। निर्दोष मान्छेले अनाहकमा ज्यान गुमाउनुको पीडाले कताकता चिमोट्छ।

सहकारी शीर्षकको लघुकथामा : अम्बिकालाई आकाश नै खसेजस्तो लाग्यो। उनी भोलिपल्ट सहकारीको कार्यालयमा पुगिन्। त्यहाँ भोटे ताल्चा लागेको थियो। बचत गर्नेहरू सबै भेला भएर संघर्ष समिति बनाइरहेका थिए। प्रहरी कार्यालयमा उजुरी गर्ने, स्थानीय सरकारको कार्यालयमा गएर धर्ना दिने योजना बनाइरहेका थिए। अम्बिका बोल्नै सकिनन्– अब भक्का बिक्री गरेर बसौं कि आन्दोलनमा दगुरौं ? सहयोग पाउने आसमा बचत गरेको गरिबको पैसा उठाएर भाग्ने सहकारीको विषयमा लेखिएको छ। 

बलात्कार शीर्षकमा : सुनिताले १० लाख मागेकी थिई, मैले दिन सकिनँ, दिइनस् भनेर बलात्कारको आरोप लगाउँछु भनेर उसैबेला भन्थी, अहिले आएर पो मुद्दा हालिछ।’ ‘तिमीहरूबीच माया प्रेम नै हो, माया र प्रेम गरेको रहेछु’ शमशेरले जवाफ दियो, ‘उसले त पैसासित पो लभ गरेकी रैछ, धन्य चाँडै यो कुरा थाहा भयो, यस्तालाई मैले श्रीमती बनाएको भए त जीवन नै बर्बाद हुने रहेछ।’ प्रेमको नाटकको गरेर पैसाको माग गर्ने प्रवृत्तिको बारेमा लेखिएको छ। यो संग्रह संग्रृहीत लघुकथाको बेग्लाबेग्लै ओज र नीति छ। अन्तमा साहित्यका विविध विषयमा लेख्ने स्रष्टाको लघुकथा पढेर ऊर्जावान् भएको महसुस गरे।

हामीले साहित्यमा आजको वास्तविक विषयमा लेख्नुपर्छ जुन साहित्यमा वास्तविकता छ त्यो साहित्यले समाज परिवर्तन गर्न सक्छ त्यसले आफ्नो जिम्मेवारी निभाउने भूमिका निर्वाह गरेको हुन्छ त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ। समाजमा म पनि छु भन्ने सकारात्मक सोचका धनी शंकर खरेलको ओम तृपनताम लघुकथा संग्रहले सबैको माया पाउन सकोस्। शंकर खरेलको कथाकारितामा सत्य बोलेको छ। सधैं सत्यको पक्षमा लेख्ने कलमद्वारा लेखिएका साहित्य निरन्तर पढ्न पाइयोस् भन्दै सफल साहित्य यात्राको कामना गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.