भारतमा लोकसभा चुनावको मिति घोषणा, करिब ९७ करोड मतदाता सहभागी हुने

भारतमा लोकसभा चुनावको मिति घोषणा, करिब ९७ करोड मतदाता सहभागी हुने

काठमाडौं : भारतको लोकसभा चुनावको मिति घोषणा भएको छ। केन्द्रीय चुनाव आयोगले १८औं लोकसभाको चुनाव १९ अप्रिलदेखि १ जुनसम्म गर्ने घोषणा गरेको हो।

आयोगका अनुसार पहिलो चरणमा १९ अप्रिलमा २१ राज्यका १०२ सिटका लागि चुनाव हुनेछ। जसमा अरुणाचल, असम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिज़ोरम, नगाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कश्मीर, लक्षद्वीप र पुद्दुचेरी रहेका छन्। 

त्यस्तै दोस्रो चरणमा २६ अप्रिलमा १३ राज्यका ८९ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ़, कर्नाटक, केरल, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, त्रिपुरा, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन्।

त्यस्तै तेस्रो चरणमा ७ मेमा १२ राज्यका ९४ सिटका लागि हुनेछ। जसमा असम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नागर हवेलीर र दमन दीव रहेका छन्।

त्यस्तै चौथो चरणमा १३ मेमा १० राज्यका ९६ सिटका लागि चुनाव हुनेछ। जसमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मीर रहेका छन।

त्यस्तै पाँचौं चरणमा २० मेमा ८ राज्यका ४९ सिटका लागि चुनाव हुनेछ। जसमा छत्तीसगढ, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाख रहेका छन्। 

त्यस्तै छैटौं चरणमा २५ मेमा ७ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्ली रहेका छन्।

त्यस्तै सातौं चरणमा १ जुनमा ८ राज्यका ५७ सिटमा चुनाव हुनेछ। जसमा बिहार, हिमाचल प्रदेश, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चण्डीगढ रहेका छन्। 

मतगणना भने ४ जुनमा गर्ने केन्द्रीय चुनाव आयोगले जानकारी दिएको छ। हालः लोकसभामा रहेका सांसदहरूको कार्यकाल १६ जुनमा सकिँदैन।

केन्द्रीय निर्वाचनको आयोगका अनुसार लोकसभा निर्वाचनमा ९६ करोड ८ लाख भोटर छन्। जसमा ४७ करोड एक लाख महिला र ४९ करोड ७ लाख पुरुष रहेका छन्। यीमध्ये १ करोड ८९ जनाले पहिलोपटक मतदान गर्नेछन्। आयोगका अनुसार करिब २० करोड मतदाता युवा छन्। जसको उमेर २० देखि २९ को बीचमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.