कोशी चिउरा मिलमा आगलागी

कोशी चिउरा मिलमा आगलागी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरेमा रहेको मिलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीमा १ करोड ७१ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । 

पथरीशनिश्चरे नगरपालिका–१ स्थित कर्णकुमारी लिम्बूको कोशी चिउरा मिलमा शनिबार राति आगलागी भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार काठ र इँटा प्रयोग गरेर बनाइएको कर्कट पाताको छानो भएको मिलमा आगलागी भएको हो ।  

नेपाल र सशस्त्र प्रहरी, दमकल तथा स्थानीयको सहयोगमा आइतबार बिहानका राति २:२५ बजेतिर आगो नियन्त्रणमा आएको दाहालले बताए । उनका अनुसार आगोले मिलसहित मिलभित्र रहेको ९० मन धान, २ सय मन गहुँ, ५० मन मकै, २० मन खुदी, २० मन चिउरा, २ सय मन भुस जलेर ध्वस्त भएको छ । 

आगोले मिन छेउमा रहेको बंगुरको खोरसमेत जलेको छ । खोरभित्र रहेका ४ वटा बंगुर जलेर मरेको डीएसपी दाहालले बताए । 

उनका अनुसार आगलागीमा मानवीय क्षति भने भएन । आगलागीको कारण खुल्न बाँकी रहेको जानकारी उनले दिए । इलाका प्रहरी कार्यालय पथरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.