रमतेल डाँडा वन प्रकरण : तत्कालीन वनअधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रमतेल डाँडा वन प्रकरण : तत्कालीन वनअधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान  आयोगले डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साह,वडा अध्यक्ष उपभोक्ता समितिका पदाधिकारीहरूसमेत गरी २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ती हानिनोक्साी गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर  गरेको छ।

अख्तियारका प्रवक्ता नरहरी घिमिरेले रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानमा  ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको सरकारी सम्पत्ती हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले उक्त कार्यमा संलग्न कर्मचारी,सामुदायिक वनका पदाधिकारीहरु र उपभोक्ता समितिलगायतका व्यक्तिविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिए।

डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साह,तत्कालीन सहायक वनअधिकृत बेचन ठाकुरविरुद्ध मुद्दा दायर भएको हो। उनीहरूमाथि  ११ लाख ९६ हजार ६९५ मूल्य बराबरको बिगो असुल गर्न माग दावी गरेको छ।

यसैगरी सव डिभिजन वन कार्यालय बर्दिवास महोत्तरीका तत्कालीन सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादव,फरेष्टर सन्तोष कुमार साह,वनरक्षकहरू राज किशोर झा,अजय कुमार यादव,रोकेश कुमार यादव, नारयण ढुंगेल र दिलिप महतोले सार्वजनिक सम्पत्ती हानिनोक्सानी गरेको अख्तियारले ठहर गरेकोछ।

नापी कार्यालय बर्दिवास महोत्तरीका तत्कालीन अमिन राम दरश राउत,मालपोत कार्यालय बर्दिबास महोत्तरीका तत्कालीन नायव सुब्बा ओम प्रकाश खड्का,बर्दिबास नगरपालिका - १ का तत्कालीन वडाअध्यक्ष चुडामणी पोखरेल र तत्कालीन वडा सदस्य शान्ता देवी श्रेष्ठविरुद्ध ११ लाख ९६ हजार ६९५ रुपैयाँको बिगो माग गरिएको अख्तियारले जनाएको छ।

यसैगरी रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउत ,तत्कालीन उपाध्यक्ष उमादेबी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिब धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरु उर्मिला थापा मगर र पूर्ण बहादुर सुस्लिङमाथि पनि ११ लाख ९६ हजार ९९५ रुपैयाँ बिगो असुल गर्न भनेको छ।

बर्दिबास नगरपालिका -१ बस्ने जग्गाधनीद्वय लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमलाई मुख्य कसरदारलाई हुने सरह नै सजाय हुन मागदावी गरिएको अख्तियारले जनाएको छ। रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एम बहादुर थापा मगर र नन्दमाया खनाल भनिने नन्दमाया क्षेत्री कसुरदारलाई हुने सजायको आधा सजाय माग  गरिएको छ।

सिन्धुली, सुनकोशी गाउँपालिका -४ का रुख कटान गर्ने ठेकेदार सन्दिप नेपालीलाई मतियार ठहर गर्दै मुख्य कसुरदारलाई हुने सरह सजायको माग गरिएको अख्तियारले जनाएको छ।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.