निसी बस दुर्घटना : मृतक संख्या ८ पुग्याे

निसी बस दुर्घटना : मृतक संख्या ८ पुग्याे
सुन्नुहोस्

बागलुङ : बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा मृत्तकको संख्या ८ पुगेको छ । 

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मृत्यु हुनेमा चार जना पुरुष र चार जना महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख विकले जानकारी दिए । दुर्घटनामा बस चालकको समेत मृत्यु भएको छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । मृत्तक र घाइतेको नाम भने खुलेको छैन । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । ६ जना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ भने १८ जना घाईतेको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा प्राथमिक उपचारपछि थप उपचारको लागि सोमबार राती जिल्ला सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन केसीले बताए ।

उनले घाइतेहरुको अवस्था गम्भीर र मध्यम रहेको बताए । 
बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको डिएसपी केसीले बताए ।

घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक विकले दुर्घटनास्थलको सडक ओरालो र घुम्ती भएकोले बस अनियन्त्रीत भएर दुर्घटना भएको हुन सक्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.