सुनको मूल्य ७ सयले बढ्यो
काठमाडौं : नेपाली बजारमा सुन प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार २ सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख २४ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन पनि प्रतितोला ७ सयले बढेको छ। महासंघले आजका लागि तेजावी सुन प्रतितोला १ लाख २४ हजार ६ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख २३ हजार ९सय मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सय २५ रुपैयाँ कायम भएको हो।