श्री एयरको जहाजमा समस्या, धनगढीमा मर्मत हुँदै

श्री एयरको जहाजमा समस्या, धनगढीमा मर्मत हुँदै
सुन्नुहोस्

धनगढी : सोमबार धनगढीमा अवतरण भएको श्री एयरको जहाजको चक्कामा समस्या आएपछि आज बिहानको उडान रद्द भएको छ। 

काठमाडौंबाट सोमबार अपराह्न धनगढीमा लागि उडेको श्री एयरको विमानमा, धनगढी विमानस्थलमा अवतरण भएपछि चक्कामा समस्या देखिएको हो।

धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिंहले श्री एयरको विमानमा समस्या आएकाले आज बिहानको धनगढी–काठमाडौंको उडान नभएको बताए। सोमबार बेलुकी जहाज अवतरण भएपछि चेकजाँच गर्ने क्रममा अगाडीको चक्काको ब्यारिङमा समस्या देखिएको उनले बताए।

श्री एयरका धनगढी स्टेसन प्रमुख गजेन्द्र शाहीले जहाजमा टेक्निकल समस्या आएको तर प्राविधिकहरूले त्यसलाई बनाइरहेको बताए। उनले केही मिडियामा जहाजको चक्का नै फुत्केर झाडीमा भेटिएको जस्ता गलत सूचना प्रभाव भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.