मोरङमा पत्नीको हत्यापछि वृद्धले गरे आत्महत्या

मोरङमा पत्नीको हत्यापछि वृद्धले गरे आत्महत्या
सुन्नुहोस्

विराटनगर :  मोरङमा एक जना वृद्ध पुरुषले पत्नी (श्रीमती)को हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । 

बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएको खुलेको छ। उनीहरुको स्थायी ठेगाना यकिन भइसकेको छैन। 

बमबहादुरले बुधबार बिहानका राति १:४० बजेतिर दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेको दाहालले बताए। उनका अनुसार दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो। 

पत्नीको विभत्स हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल अस्पताल पठायो। 

अस्पताल ल्याइपुर्‍याउनसाथ बिहान ३:२० बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी दाहालले बताए। प्रहरीले घटनामा प्रयोग भएको दाउ बरामद गरिसकेको छ। पति–पत्नीबीच के विषयमा विवाद भएर घटना भएको हो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

गीताको शव अहिलेसम्म घटनास्थलमै छ। आफन्त आइपुगेपछि कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमाका लागि पठाइने जानकारी दाहालले दिए। उनका अनुसार बमबहादुरको शव भने पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। 

बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरुका ८ वर्षीय छोरा छन्। इप्रका बेलबारीका इन्सपेक्टर दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। डीएसपी दाहालले अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.