द च्यालेन्जर्स : गेम अफ हिमालयज, अमेरिकामा रिलिज

द च्यालेन्जर्स : गेम अफ हिमालयज, अमेरिकामा रिलिज
सुन्नुहोस्

विभिन्न ६ देशका प्रशिद्ध भ्लगरहरु प्रतियोगी रहेका द च्यालेन्जर्सः गेम अफ हिमालयज अमेरिकाबाट रिलिज भएको छ। अमेजन प्राइम भिडियोमा उपलब्ध उक्त  टेलिभिजन कार्यक्रमको सगरमाथा सबैभन्दा बढी आरोहण गरेका कीर्तीमानी कामी रीता शेर्पा प्रशिक्षण प्रमुख, पद्द हिमालको सबैभन्दा बढी आरोहण गरेका कीर्तीमानी मिङ्गमा डेभिड शेर्पा एक्पेडिसन लिडर तथा  विश्व प्रशिद्ध आरोही निर्मल पुर्जा (निम्सदाई) एक्सपेडिसन डाइरेक्टर रहेका छन्।

यो कार्यक्रमलाई लोकप्रिय भारतीय टिभी होस्ट तथा डिजे निखिल चिनापाले होस्ट गरेका छन्। 

५५६४ मिटर उचाइसम्म छायाँकन गरिएको उक्त रियालिटी सोले संसारकै उचाइमा निर्माण गरिएको रियालिटी टिभी सोको विश्व कीर्तीमान पनी राख्ने भएको छ।   यसअघि ५,३४० मिटर उचाइमा छायाँकन गरिएको कार्यक्रमको नाममा उक्त रेकर्ड थियो। 

४ करोडभन्दा बढी सोसल मिडिया फलोवर्सहरु रहेका यी भ्लगरहरुले जोखिममा रहेका हिम नदीको बारे सचेतना तथा नेपाल प्रवर्द्धन गर्ने आशा गरिएको छ। श्री गुरुङ्गद्वारा निर्देशन तथा निर्माण गरिएको यो पहिलो रियालिटी शो हो। यसअघि उनीद्वारा निर्देशित तथा निर्मित प्रोजेक्ट स्माइल भिडियोले नेपालको लागि पहीलो मिस वल्र्ड (Beauty with a purpose)  को उपाधी दिलाएको थियो।  जुन ८६ वटा भन्दा बढी देशहरुमा प्रत्यक्ष प्रशारण भएको थियो। 

त्यस्तै यो पहिलोपटक नेपालीद्वारा निर्देशित तथा निर्माण गरिएको टेलिभिजन कार्यक्रम विश्वप्रसिद्ध अमेरिकी स्ट्रीमीङ्ग प्ल्याटफर्ममा आएको हो। यसले आगामी दिनमा नेपाली फिल्म निर्माता, कलाकारलाई विश्व मानचित्रको ढोका खोल्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै लोकप्रिय भ्लगरद्वारा नेपालको पर्यटनमा उल्लेख्य प्रवर्द्धन हुने लक्ष्य राखिएको छ । 


उक्त रियालिटी सोमा भ्लगरहरु नेपालका विश्वास राई र निशा खलिङ, भारतका आशीष भाटिया, क्यामरावाला भैया र राइडर गर्ल विशाखा,  कोलम्बियाका JuanesVelez, युएसएका Kraig Adams र MrSteeleFPV, थाइल्याण्डका Llukmee र MyMateNate, फ्लिपिन्सका Wil Dasovich सहभागी रहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.