दरबारमार्गमा हुने ‘होली पुन्ही’ प्रायोजन गर्दै ओमोडा
काठमाडौं : विद्युतीय सवारी साधन ब्रान्ड ‘ओमोडा’, काठमाडौंको दरबारमार्गमा हुने ‘होली पुन्ही २०२४’ कार्यक्रममा ‘ड्राइभ इ फ्युचर’ प्रायोजकको रूपमा सहकार्य गरेको छ।
विगत ५ वर्षदेखि होलीको उत्सवहरू आयोजना गर्दै आएको ‘अर्बिटरि इभेन्ट्स’ ले यो वर्ष पनि ‘होली पुन्ही २०२४’ आयोजना गर्न लागेको हो।
यस कार्यक्रमको प्रायोजकका रूपमा, धेरै सहभागीहरूलाई आधुनिक, रमाइलो र ‘फ्युचरिस्टिक’ प्रविधिसँग जोड्दै र अविस्मरणीय अनुभवहरू गर्न सहज बनाउने लक्ष्य, ओमोडाले राखेको छ। होलीको अविस्मरणीय अनुभवका लागि, ओमोडाले रोचक खेललगायत विभिन्न गतिविधिहरू सहितको स्टल राख्ने छ।
सहभागीहरूले रंग र संगीतमा उत्साहजनक मनोरञ्जन लिनुका साथै, ओमोडाको आधुनिक कनेक्टिभिटि र शून्य उत्सर्जनको विषयमा समेत जानकारी प्राप्त गर्न सक्नेछन्। ओमोडा स्टलमा ‘कलर’ पेन्टिङ, ‘मेसेज’ बोर्ड सहित विभिन्न गतिविधिहरू गर्दा मर्चेन्डाइजहरू प्राप्त गर्न सकिने जस्ता व्यवस्था रहनेछन्। साथै, सामाजिक सञ्जालमा #Omodacolors ह्यासट्याग राखी कार्यक्रमका तस्बिरहरू पोस्ट गर्ने दर्शकहरूले अन-द-स्पट ‘गिफ्ट ह्याम्पर’हरू जित्ने मौका पाउनेछन्।
होली पुन्ही २०२४ कार्यक्रममा भेक, यावेश थापा, आविष्कार केसि, डिजे बिपिएम्, डिजे डान, लगायत छ जना चर्चित डिजेहरूको साथमा सांगीतिक माहौल निरन्तर कायम रहनेछ। एसपिजि अटोमोबाइल्स, सबै ग्राहकहरू तथा अन्य सहभागीहरूलाई आफूलगायत साथीहरूसँगै स्टल भ्रमण गरी, होलीको रंग, गीत, संगीत, डिजे, नृत्य आदिमा मंत्रमुग्ध हुन आमन्त्रित गर्दछ।