प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

प्रदेशस्तरीय आइटिएफ तेक्वान्दोको उपाधि सुनसरीलाई
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : छैटौं कोशी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ ।  कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी ८ स्वर्ण, ६ रगत र ४ कास्य पदकका साथ सुनसरीले उपाधि जितेको हो । 

शनिबार सम्पन्न भएको प्रतियोगितामा मोरङ ६ स्वर्ण, ८ रजत र ४ कास्य पदकका साथ दोस्रो र झापा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकका साथ तृतीय भएको छ । 

‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको एकल पुरुष स्पाइरिङतर्फ ४५–५० केजी समूहमा सुनसरीका इशान राई प्रथम, मोरङका प्रकाश शर्मा द्वितीय भए । यसैगरी  ५१–५५ केजी समूहमा पाँचथरका आलोक राई प्रथम, मोरङका संजय खवास दोस्रो, ५६–६० केजी समूहमा शौरभ चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, ६१–६५ केजी समूहमा सुनसरीका आशिष मगर प्रथम, भोजपुरका दीपक राई दोस्रो, ६५–७० केजी समूहमा झापाका प्रितम धिमाल प्रथम, मोरङका लक्ष्मण राजवंशी दोस्रो, ७१–७५ केजी समूहमा झापाका अनमोल लिम्बू प्रथम, मोरङका निशान्त भुजेल दोस्रो, ७६ केजी समूहमाथि झापाका श्याम राई प्रथम, भोजपुरका इन्द्रबहादुर बस्नेत दोस्रो भए । 

त्यस्तै, एकल महिला स्पाइरिङतर्फ ४०–४५ केजी समूहमा सुनसरीकी विपना राई प्रथम, मोरङकी विनिशा माझी दोस्रो, ४६–५० केजी समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, मोरङकी सविना मगर दोस्रो, ५१–५५ केजी समूहमा मोरङकी अनुश्का धिमाल प्रथम, इलामी दीक्षा आचार्य दोस्रो, ५६–६० केजी समूहमा मोरङकी कुशुम राजवंशी प्रथम, इलामकी विनु काङ्वाङ दोस्रो,६१–६५ केजी समूहमा सुनसरीकी प्रतिष्ठा कटवाल प्रथम,झापाकी निशा ताजपुरिया दोस्रो,६६ केजी समूहमाथि झापाकी सेङना लिम्बू प्रथम, पाँचथरकी दीक्षा खड्का दोस्रो भइन् । 

एकल महिला प्याटनतर्फ हरियो पेटमा झापाकी विविसिंह शर्मा प्रथम, सुनसरीकी क्याट्रिना राई दोस्रो, निलो पेटीमा मोरङकी अनुश्का धिमाल प्रथम,सुनसरीकी सदीक्षा राई दोस्रो,रातो पेटीमा इलामकी वन्दना श्रेष्ठ प्रथम, सुनसरीकी बिट्नी राई दोस्रो, कालो पेटीमा मोरङकी कुसुम राजवंशी प्रथम, सुनसरीकी करुणा विष्ट दोस्रो र कालो पेटी दोस्रो डानमा सुनसरीकी एलिजा राई प्रथम भइन् । 

एकल पुरुष प्याटनतर्फ हरियो पेटीमा धनकुटाका दिप्रशन राई प्रथम, सुनसरीका पवन रेग्मी दोस्रो, निलो पेटीमा मोरङका लक्ष्मण राजवंशी प्रथम, सुनसरीका मिक्सेन राई दोस्रो, रातो पेटीमा मोरङका आरकेश चौधरी प्रथम, झापाका सनम चौधरी दोस्रो, कालो पेटीमा सुनसरीका आशिष मगर प्रथम, मोरङका मञ्जित राजवंशी दोस्रो र कालो पेटी दोस्रो डानमा झापाका मिसन श्रेष्ठ प्रथम, मोरङका निशान्त भुजेल दोस्रो भए । 

चैत ९ र १० गते विराटनगरमा भएको प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता भएको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पाइरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा भएको थियो ।

विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा बोल्दै खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । 

सदस्य सचिव वाग्लेले ढिलोमा १६ चैतसम्ममा तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राख्ने बताएका हुन् । कोशी प्रदेशमा अन्य विभिन्न खेलका प्रशिक्षक नियुक्ति भएर खेलाडीहरुले अभ्यास गर्दै आएका थिए । तर,  प्रदेशबाट राष्ट्रिय प्रतियोगिताहरुमा सबैभन्दा बढी मेडल जितेर ल्याउने तेक्वान्दो खेलको प्रशिक्षक सरकारले राखेको थिएन । तेही भएर आइटिएफ तेक्वान्दो खेलको विकासको लागि प्रदेश सरकारले प्रशिक्षक नियुक्त गरेर अगाडी बढने जानकारी गराए । ‘अहिले नियुक्ति हुने प्रशिक्षक तीन महिनाको करार अवधि हुनेछ । यस अवधिमा प्रशिक्षकको काम हेर्नेछौं । प्रतियोगितमा रिजल्ट दिनु परो । दिन नसक्ने सादा लगाएर बिदाइ गरिदिन्छ ,’ सदस्य सचिव वाग्लेले भने । 

कार्यक्रममा बोल्दै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आइटिएफ तेक्वान्दो खेलबाट खेलाडीहरुले थुपै्र मेडल जितेकोले यस खेलको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘राष्ट्रिय र प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो निजी क्षेत्रबाट थुप्रै गरियो । सरकारले पनि आइटिएफलाइ  सहयोग गर्दै आएको छ । आगमी दिनमा पनि निरन्तराता दिनुपर्यो,’अध्यक्ष कार्कीले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.