आयरल्याण्ड ‘ए’विरूद्धको सिरिज खेल्न भण्डारीको कप्तानीमा नेपाल ‘ए’को घोषणा
काठमाडौं : नेपाल क्रिकेट संघले आयरल्यान्ड्स वुल्भ्सविरूद्धको सिरिज खेल्ने नेपाली ‘ए’ टिम घोषणा गरेको छ। आइतबार नेपाल क्रिकेट संघले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो।
यस अगाडि सिरिजका लागि क्यानले प्रारम्भिक टिममा बोलाएका खेलाडीबाट नै टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’ टिमको घोषणा गरेको हो।
टी-२० खेल्ने टिम नेपाल ‘ए’मा कप्तान भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्।
त्यसैगरी एकदिवसीय टोलीमा कप्तान भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बशिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल परेका छन्।
नेपालको राष्ट्रिय टोलीले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग नै टी-२० खेल्न लागेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’सँग खेल्न लागेको हो। त्यसपश्चात नेपाल‘ए’र आयरल्यान्ड्स वुल्भ्सबीच खेल हुनेछ।