आयरल्यान्ड ‘ए’ ले टस जित्यो, नेपालले पहिले बलिङ गर्ने
काठमाडौं : नेपालले आयरल्यान्ड ‘ए’(वुल्भ्स)सँग टस हारेर पहिले बलिङ गर्ने भएको छ । सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा रहेका छन्। नेपालले आजको खेलमा अनिल कुमार शाह, विवेक यादव, आकाश चन्द र प्रतिश जि.सी, लाई बेञ्चमा राखेको छ ।
नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्न लागेको छ। त्यसपश्चात भारतमा हुने फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ। नेपालले पहिलो खेल गुजरातसँग चैत्र १८ र चैत्र २१ गते, बरोडासँग चैत्र २० र चैत्र २३ मा बरोडासँग खेल्नेछ। फाइनल खेल चैत्र २५ हुने बताइएको छ। सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।