आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो १२२ रनको लक्ष्य
काठमाडौं : आयरल्यान्ड ‘ए’(वुल्भ्स)ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डले निर्धारित २० ओभरको खेलमा १० विकेट गुमाएर १२१ रन बनाएको हो।
खेलमा नेपालका लागि ललित राजवंशी, कुशल भुर्तेल र गुल्शन झाले २/२ विकेट, कुशल मल्ल र करण केसीले १/१ विकेट लिएका हुन्।
आयरल्यान्ड ‘ए’का लागि स्टीफन डोहेनीले सर्वाधिक ४६ रन बनाए । उनले ३९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। थोसम मेयस र लियाम म्याकार्थीले १६ रन र फिन हृयान्डले ११ रन बनाउँदा अन्य खेलाडिले दोहोरो अंक जोड्न सकेनन्।
सोमबार त्रिवि मैदानमा टस जितेर आयरल्यान्डका कप्तान निल रकले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
प्रतिक्रिया दिनुहोस !