आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं : आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिले ब्याटिङ गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार टस जितेर कप्तान रोहितकुमार पौडेलले पहिलो ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
सोमबार भएको खेलमा ६ विकेटले नेपाल विजयी भएको थियो। आयरल्यान्डले दिएको १२२ रनको मध्यम लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो।
आयरल्यान्डसँगको शृंखलापछि नेपालले बरोडा र गुजरात क्रिकेट संघको टोलीसँग मार्च ३१ देखि अप्रिल ७ सम्म एसएमएस फ्रेन्डसिप कपमा प्रतिस्पर्धा गर्नेछ। विवेक यादव र अनिल शाह टोलीमा आउँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशी बेन्चमा बसेका छन् ।