घट्दै विद्यार्थी

एसईई दिनेमा गोरखाका आठ विद्यालयबाट १० भन्दा कम परीक्षार्थी

एसईई दिनेमा गोरखाका आठ विद्यालयबाट १० भन्दा कम परीक्षार्थी
फाइल तस्बिर।
सुन्नुहोस्

गोरखा : बसाइँसराइका कारण ग्रामीण क्षेत्रको जनसंख्या घट्दै गएपछि यसको असर विद्यालयमा पनि देखिएको छ । बिहीबारबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विभिन्न गाउँका विद्यालयबाट १० जनाभन्दा कम परीक्षार्थी सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका अनुसार जिल्लाभरबाट एसईईमा गोरखाका तीनहजार छसय ६२ जना परीक्षार्थी सहभागी हुँदैछन् । उनीहरूमध्ये एकहजार नौ सय सय १३ जना छात्रा र एकहजार सातसय ४९ जना छात्र हुन् । 

सबैभन्दा कम सिरानचोक ५ मा रहेको चित्रेपोखरी माध्यमिक विद्यालयबाट चारजना परीक्षार्थी यो एसईईमा सहभागी हुँदैछन् । त्यस्तै सहिद लखन गाउँपालिका ६ बतासेको भगवती हिमालय मावि घैरुङ र गोरखा नगरपालिका ३ को राष्ट्रिय मावि घलाङबाट छ/छ जना एवं गोरखा नगरपालिका ८ को रत्नलक्ष्मी मावि डुम्रीडाँडाबाट सातजना परीक्षार्थीहरु एसईईमा सहभागी भएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुवास आचार्यले जानकारी दिए । 

त्यस्तै चारवटा बोर्डिङ स्कूलबाट पनि १० भन्दा कम विद्यार्थी एसईईमा सहभागी भएको कार्यालयले जनाएको छ । बोर्डिङतर्फ गोरखा नगरपालिकाको मनकामना बोर्डिङ स्कुलबाट छजना, सूर्यमुखी बोर्डिङ स्कुलबाट आठजना,जेनियस बोर्डिङ स्कुलबाट आठजना र पालुङटार नगरपालिका ठाटीपोखरीको बालज्योती इङ्लिस बोर्डिङ स्कुलबाट नौजना विद्यार्थीहरु एसईईमा सहभागी हुँदै छन् । 

गोरखा नगरपालिका ८ आहालेस्थित सरस्वती माविले सबैभन्दा धेरै एकसय २७ जना परीक्षार्थीहरू एसईईमा सहभागी गराएको छ । बोर्डिङतर्फ गोनपा ८ रानीवनको दि ओल्ड क्यापिटल मावि रानीवनले ९४ जना विद्यार्थीहरु सहभागी गराएको छ । 

एसईईको सम्पूर्ण तयारी पूरा भइसकेको इकाइ प्रमुख आचार्यले जानकारी दिए । परीक्षा केन्द्र, केन्द्राध्यक्ष निर्धारण भइसकेका छन् भने प्रश्नपत्र तथा उत्तर पुस्तिका सबै केन्द्रमा पठाउने काम भइसकेको इकाइ प्रमुख आचार्यले जानकारी दिए ।

यस वर्षको एसईईमा साधारणतर्फ ३५ सय २७ जना, प्राविधिक तर्फ १ सय १ र गे्रडवृद्धितर्फ ३४ जना परीक्षार्थी सहभागी भएका छन्। जिल्लाका तीन विद्यालयहरु भवानी मावि मान्वु, त्रिवेणी मावि सेरा र ज्ञानमार्ग मावि घ्याल्चोकबाट एकसय एकजना विद्यार्थीहरूले प्राविधिकतर्फको एसईई परीक्षा दिने कार्यालयले जनाएको छ  । 

एसईईको लागि कार्यालयले आवश्यकता अनुसार सुरक्षाकर्मी सहित तीनसय ९३ जना कर्मचारी परिचालन गरेको छ । 

१६ जना बहिरा र पाँचजना दृष्टिविहीन एसईई दिँदै

गोरखाबाट यस वर्ष १६ जना बहिरा र पाँचजना दृष्टिविहिन परीक्षार्थी इसईईमा सहभागी हुँदैछन् । आरुघाट गाउँपालिका ३ स्थित जलकुमारी माविबाट चारजना र गोनपा ८ स्थित सरस्वती मावि आहालेबाट १ गरी ५ जना दृष्टिविहिन परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन् । गोरखा नगरपालिका १० टक्सारस्थित मनकामना बहिरा माविबाट १६ जना बहिरा विद्यार्थीहरु पनि एसईईमामा सहभागी हुने आचार्यले जानकारी दिए । 

पालिकाभरि एसईई परीक्षा केन्द्र छैन

गोरखाको हिमालपारि रहेको चुमनुब्री गाउँपालिकामा एउटा पनि परीक्षाकेन्द्र छैन । दुईवटा मात्र माध्यमिक तहका विद्यालय रहेको सो पालिकामा एउटै पनि परीक्षाकेन्द्र नरहेको हो । सो पालिकाबाट ५६ जना परीक्षार्थीहरु एसईई दिनका लागि धार्चे गाउँपालिकाको माछाखोला परीक्षाकेन्द्र पुगेका छन् । चुमनुब्री २ को ल्हो मावि र चुमनुब्री ३ को वुद्ध माविका विद्यार्थीहरु परीक्षा दिन माछाखोला पुगेका वुद्ध माविकी प्रधानाध्यापक पार्वता देवकोटाले जानकारी दिइन् ।

उनीहरु बुधबार माछाखोला आइपुगेका हुन् । उनीहरुलाई परीक्षा अवधिभरका लागि होटलहरुमा राखिएको छ । सबैभन्दा धेरै गोरखा नगरपालिकामा छन् । त्यहाँ ६ वटा परीक्षा केन्द्रहरु तोकिएको छ । चुमनुब्रीमा परीक्षार्थी सङ्ख्या कम रहेका कारण चुमनुब्रीमा परीक्षा केन्द्र नराखिएको कार्यालयले जनाएको छ । 

एसईई परीक्षाको सम्पुर्ण पूर्वतयारीहरु सम्पन्न भइसकेको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय गोरखाका प्रमुख सुवास आचार्यले बताए । ‘प्रश्नपत्रहरु केन्द्र नजिकको प्रहरी चौकीमा पुगिसक्यो’,उनले भने, ‘केन्द्राध्यक्ष तोकेर उत्तर पुस्तिकाहरु पनि सबै केन्द्रमा पुर्‍याइसक्यौँ ।’ 

कार्यालय जिल्लाभर २३ वटा परिक्षा केन्द्र तोकेको छ । कार्यालय गत चैत ९ गते २३ वटै केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण समेत गराइ सकेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.