बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल

बीवाईडीले निकाल्यो ७० लाखौं न्यु इनर्जी भेइकल
सुन्नुहोस्

काठमाडौं : बीवाईडीले ७० लाखौं न्यु इनर्जी भेइकल निकालेको छ। मार्च २५ मा विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनी बीवाईडीले ७० लाखौ न्यु इनर्जी भेइकल, डेन्जा एन७ सार्वजनिक गरी यो लक्ष्य हासिल गर्ने पहिलो कम्पनी बनेको हो।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डका लागि सो ऐतिहासिक उपलब्धि हासिल गरेको बताएको छ। बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो। अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ।

बीवाईडीले सन् २०२१ को मे महिनामा १० लाख सवारी साधन उत्पादन गरेको थियो। त्यसपछिको १८ महिनामै तीन गुणा पुर्‍याएको थियो। त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पुर्‍याउन सफल भएको हो।

कम्पनीका अनुसार सन् २०२३ मा बीवाईडीको वार्षिक बिक्री ३० लाख २० हजार युनिट भन्दा बढी पुगेर न्यु इनर्जी भेइकलको बजारमा ग्लोबल लिडर नै बन्न सफल भएको छ। विभिन्न ब्रान्ड पोर्टफोलियो अन्तर्गतका फरक फरक क्याटागोरीमा उपलब्ध फरक मोडलले यसरी बिक्री बढाउनमा भूमिका खेलेका छन्।

यसैगरी यही वर्ष नै अन्तर्राष्ट्रिय बजारमा समेत २ लाख ४० हजार युनिट भन्दा बढी कार निर्यात गरी बीवाईडी न्यु इनर्जी भेइकल अन्तर्गत टप चाइनिज निर्यातकर्ता कम्पनी समेत बनेको छ। एक वर्षमै यो संख्या ३३७ प्रतिशतले बढेको हो। हाल विश्वका ६४ देश र क्षेत्रमा बीवाईडीका न्यु इनर्जी प्यासेन्जर गाडी बिक्री भइरहेका छन्। ती मध्ये थाइल्याण्ड, ब्राजिल, उज्वेकिस्तान र हंगेरीमा गाडी उत्पादन गर्ने कारखाना छन्।

कम्पनीका अनुसार यही वर्ष देखि नै बीवाईडी युरो कपको समेत अफिसियल पार्टनर बनेर न्यु इनर्जी भेइकललाई वर्ल्ड स्टेजमा पुर्याउन सफल भएको छ। बीवाईडीले हाल इलेक्ट्रिक र प्लग इन हाइब्रिड सवारी साधन उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ। ब्याट्री तथा इलेक्ट्रिक मोटर लगायतका विभिन्न प्रविधिमा समेत कार्य गरिरहेको छ। डेन्जा बीवाईडी अन्तर्गतकै एक ब्रान्ड हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.