दोस्रो खेलमा आयरल्यान्ड एसँग नेपाल ए ४० रनले पराजित

दोस्रो खेलमा आयरल्यान्ड एसँग नेपाल ए ४० रनले पराजित
सुन्नुहोस्

काठमाडौं : नेपाल ए आयरल्यान्ड एसँग ४० रनले पराजित भएको छ। टियु क्रिकेट मैदानमा टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल ए पुनः पराजित भएको हो। २२५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ए १७.५ ओभरमा अलआउट हुँदै १८४ रनमात्र बनाउन सक्यो।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए। त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए। त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो। 

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए। ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे। त्यस्तै पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए।

नेपाल शुक्रबार भएको पहिलो खेलमा २२ रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.