नवलपरासीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुँदै

नवलपरासीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुँदै
सुन्नुहोस्

परासी : नवलपरासीको सुनवलमा मुख्यमन्त्री अन्तर प्रदेशस्तरीय राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ। चैत १९ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरूको सहभागिता रहने छ। 

जिल्ला खेलकूद विकास समिति नवलपरासीको आयोजनामा हुन लागेको प्रतियोगितामा एक प्रदेशबाट १२ खेलाडीसहित प्रशिक्षक र व्यवस्थापक गरी कुल १२९ जनाको सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रितमान कामु मगरले जानकारी दिए। प्रतियोगिता लिग चरणमा हुने छ। 

प्रतियोगिताका विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई १ लाख पुरस्कारको व्यवस्था गरिएको छ। सेमिफाइनलमा प्रवेश गर्ने दुई समूहले जनही ५०/५० हजार पाउने छन्। प्रतियोगिताबाट उत्कृष्ट छानिएका खेलाडीहरू अप्रिल २२ देखि बंगलादेशमा हुने ‘बंगबन्धु’ कपमा सहभागिताका लागि पठाइने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिए। 

प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रवर्द्धन र लुम्बिनी प्रदेश कबड्डी संघले समन्वय गरेको प्रतियोगिता सम्पन्न गर्न ३२ लाख खर्च हुने अनुमान गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले बताए। प्रतियोगितामा खर्च हुने केही रकम लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने छ भन्ने अन्य खर्च सहायतास्वरुप जुटाइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.