गुजरातले नेपाललाई दियो ९९ रनको लक्ष्य
काठमाडौं : गुजरातले नेपाललाई ९९ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको गुजरात १८.२ ओभरमा अलआउट हुँदै ९८ रनमात्र बनाउनसक्यो।
नेपालका लागि गुल्शन झाले ४ र करण केसीले ३ विकेट लिएपछि गुजरात स्तब्ध बनेको थियो। गुजरातका लागि रुद्र पटेलले २३, हेमाङ पटेलले २०, सरल प्रजापतीले १७, अभिषेक देसाईले ११ र स्मित पटेलले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।
एसएमएस फ्रेन्डशिप कपअन्तर्गत नेपालले भारतको भापीमा गुजरात र बरोडासँग त्रिकोणात्मक टी-२० सिरिज खेल्दैछ।